२० असार २०८१ बिहीबार
image/svg+xml
शिक्षा

इटहरीका संस्थागत विद्यालयलाई छात्रवृत्ति विवरण पेस गर्न निर्देशन

इटहरी उपमहानगरपालिकाले ल्याएको शुल्क मापदण्ड अटेर गरिरहेका बेला शिक्षा युवा तथा खेलकुद महाशाखाले संस्थागत विद्यालयहरूलाई १० प्रतिशत छात्रवृत्तिको विवरण पेस गर्न निर्देशन दिएको छ।

महाशाखाले एक सूचना जारी गर्दै संस्थागत विद्यालयमा भर्ना भएका कुल विद्यार्थीको १० प्रतिशतका दरले छात्रवृत्ति विवरण पेस गर्न निर्देशन दिइएको हो। सूचनामा गरिब, अपाङ्ग, महिला, दलित  र जनजाति विद्यार्थीको नामवलीसहितको विवरण १५ दिनभित्रमा महाशाखामा बुझाउन उल्लेख गरिएको छ।  

इटहरी उपमहानगरपालिकाले २०८१ का तयार गरेको शुल्क मापदण्ड कार्यान्वयन नगरे कारबाही गर्ने जेठ पहिलो साता चेतावनी दिएको थियो। त्यो चेतावनी एक साताको समय दिएर सकुर्लर गरे पनि अहिलेसम्म कार्यान्वयन भएको छैन। यही बेला १० प्रतिशत छात्रवृत्तिको विवरण पेस गर्न निर्देशन दिएको हो।  

इटहरी उपमहानगरपालिका शिक्षा सुधार गर्ने सत्ताईसबुँदे संकल्पपत्र सार्वजनिक गर्दै २०८१ लाई शैक्षिक सुधार वर्षका रुपमा लिएर अयिभान सञ्चालन गरेसँगै निजी विद्यालयलाई दुईतिहाई अभिभावक भेला राखेर शुल्क प्रस्ताव गर्न सकुर्लर गरिएको थियो।

तर निजी विद्यालयले वैशाख ७ गते विद्यालयलाई आन्तरिक रुपमा पत्राचार गर्दै इटहरी उपमहानगरपालिकाको सकुर्लर अटेर गर्ने निर्णय गरेका थिए। निजी विद्यालयका छाता संगठन हिसान, प्याब्सन, एनप्याब्सन तथा मन्टेश्वरी एसोसिएसन इटहरीद्वारा विद्यालयमा गरिएको सकुर्लरअनुसार शिक्षालयबाट प्रस्तावित २०८१ को शुल्क संरचनाअनुसार नै लिने उल्लेख गरेका थिए।  

यसैबीच, इटहरी उपमहानगरपालिकाले यसअघि दुईपटक शिक्षकको तलब सुविधा र पेसागत सुरक्षा एवम् शिक्षक-कर्मचारीको नियुक्ति पत्रलगायतका नियमबारे पनि निजी विद्यालयलाई विवरण अविलम्ब पठाउन सकुर्लर गरेको थियो।

पहिलोपल्ट सकुर्लर गर्दा पनि उपमहानगरपालिकाले निजी विद्यालयलाई सकुर्लर गरे पनि अधिकतरले नबुझाएपछि दोस्रोपटक पन्ध्रदिने समयसीमा तोकेर सकुर्लर गरेको थियो, तर अधिकतरले अहिलेसम्म उपमहानगरपालिकाको सकुर्लरलाई कार्यान्वयन गरेका छैनन्।

सकुर्लरमा तहगत शिक्षकहरूलाई आर्थिक वर्ष २०८०(०८१ म भुक्तानी गरेको पारिश्रमिक विवरण पनि उमहानगरपालिकालाई बुझाउनुपर्ने छ। विद्यालयमा कार्यरत प्रधानाध्यापकको नियुक्ति पत्र र शैक्षिक योग्यता तथा विद्यालय व्यवस्थापन समितिको गठन प्रक्रियासहितको विवरण पनि बुझाउनुपर्ने छ।

इटहरी क्षेत्रमा एक सय ७० वटा विद्यालय रहेका छन्, जसमा ३६ वटा निजी विद्यालय रहेका छन् भने अरु निजी रहेका छन्।

प्रकाशित: १४ जेष्ठ २०८१ १२:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App