२० असार २०८१ बिहीबार
image/svg+xml
कला

साहित्यकार शान्तदास मानन्धरको स्मृतिमा बालसाहित्य प्रतियोगिता

वरिष्ठ बाल साहित्यकार शान्तदास मानन्धरको स्मृतिमा बालसाहित्य प्रतियोगिता भएको छ। काठमाडौं महानगरपालिका–२३ को आयोजनामा महानगरव्यापी विद्यालयस्तरीय निबन्ध तथा कविता प्रतियोगिता भएको हो। साहित्यकार मानन्धर २३ वडाका पूर्वअध्यक्ष पनि हुन्।

कक्षा ६ र ७ तथा कक्षा ८–९ गरी दुई समूहमा भएको प्रतियोगितामा कक्षा ८–९ तर्फ निबन्धमा फ्युचरस्टार इंग्लिस सेकेन्डरी स्कुल कक्षा ८ की श्रेया पराजुली प्रथम, विजेश्वरी ज्ञानमन्दिर सैनिक महाविद्यालय कक्षा ९ की प्रकृति चौहान द्वितीय, श्री रत्नराज्य मावि कक्षा ८ की सम्पदा थापा तृतीय र जगतसुन्दर ब्वनेकुथि कक्षा ९ की कजना श्रेष्ठ सान्त्वना घोषित भएका थिए।

त्यस्तै कवितातर्फ ज्ञानोदय मावि कक्षा ८ की सद्भाव ज्ञवाली प्रथम, कक्षा ९ का अनिश विष्ट द्वितीय, श्री महांकाल मावि कक्षा ९ की अञ्जली गुप्ता तृतीय र शान्ति निकुञ्ज मावि कक्षा ९ की सविना न्यौपानेले सान्त्वना पुरस्कार प्राप्त गरे।

कक्षा ६–७ तर्फ निबन्धमा श्री महांकाल मावि कक्षा ७ की सपना श्रेष्ठ प्रथम, नेपाल युवक स्कुल कक्षा ६ की आएशा खातुन द्वितीय, कन्या मन्दिर मावि, कक्षा ७ की करुणा नेपाल तृतीय र श्री जनकल्याण मावि कक्षा ६ का युवराजले शाह सात्वना पुरस्कार पाए।

त्यस्तै कवितातर्फ जगतसुन्दर ब्वनेकुथि कक्षा ६ की निभा श्रेष्ठ प्रथम, श्री रत्नराज्य मावि कक्षा ७ का हिरा कुँवर द्वितीय, कंकेश्वरी आधारभूत विद्यालय कक्षा ७ का बिल्कस खातुन तृतीय र शान्ति निकुञ्ज मावि कक्षा ६ की सुष्मा माझी सान्त्वना भए। प्रतियोगिता कक्षा ६ र ७ तर्फ नेपाल भाषामा र कक्षा ८ र ९ तर्फ नेपाली भाषामा भएको हो। कार्यक्रममा विजयी विद्यार्थीले आ–आफ्नो रचना पाठ गरेका थिए।

प्रतियोगितामा विजयी विद्यार्थीलाई शनिबार एक कार्यक्रमबीच काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोगले प्रमाणपत्र र वडा २३ का अध्यक्ष मचाराजा महर्जनले नगद पुरस्कार प्रदान गरे । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः जनही १० हजार, ७ हजार, ५ हजार र १५ सय नगद पुरस्कार प्रदान गरिएको थियो।

वडाध्यक्ष मचाराजा महर्जनको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख निर्णायक रमेशकाजी स्थापितले निर्णय प्रक्रियाबारे जानकारी दिँदै विजयी विद्यार्थीको नाम घोषणा गरेको थिए। कार्यक्रममा निर्णायक मण्डलका सदस्य पूर्णिमा डंगोलले वरिष्ठ बालसाहित्यकार मानन्धरको जीवनी प्रकाश पारेकी थिइन् भने प्रतियोगिताबारे कार्यक्रम संयोजक तथा वडा सदस्य सुरेश मानन्धरले जानकारी गराएका थिए।

प्रकाशित: १६ असार २०८१ ०६:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App