२४ असार २०८१ सोमबार
image/svg+xml

पोखरामा कूटनीतिक पाहुनाको हाइकिङ (फोटो सहित)

काठमाडौंबाट आइतबार बिहानै पोखरा ओर्लेका कूटनीतिक नियोगका प्रमुख र प्रतिनिधि सिधै २० किलोमिटर परको धम्पुस उक्लिए। धम्पुस अन्नपूर्ण क्षेत्रको पदयात्रामा जाने मुख्य प्रवेशद्वार मानिन्छ। पोखराबाट धम्पुससम्म गाडीका उक्लेका उनीहरु धम्पुसबाट धितालतिर मोडिए अनि अस्तामसम्म हाइकिङ गरे। करिब अढाईघण्टाको पैदल यात्रा गरेर ती पाहुना अस्ताम ओर्लिए।

हाइकिङमार्फत मह गाउँको प्रवर्द्धन

शुक्लागण्डकी नगरपालिका-२ मा पर्छ दगाम गाउँ। यस गाउँमा २३ घर रहेका छन्। बीस घरमा मगर तथा तीन घरमा गुरुङ जातिको बसोबास रहेको छ।

चराको चिरविर सुन्दै पदयात्रा

चराको चिरविर सुन्दै, जंगल बीचको गोरेटामा लामबद्ध भएर पदयात्री हिँडेका थिए। यात्रामा मन्दिरैमन्दिरको दर्शनले पदयात्रीमा आध्यात्मिक भावना बढाएको देखिन्थ्यो।

ठिसोङको पुस्तासँग कुन्चेप्वाकलमा

सकिनसकी कुन्चेप्वकालको जीवन सुमसुम्याइरहेको छ चैत्यले। यतिबेला चैत्यले उनै नेवार शिल्पकारहरू खोजिरहेका छन्, जसले यो बनाएर गए।

शिवपुरी आनन्द

शिवपुरीमा पुग्दा प्रकृतिसँग आत्मीय गाढा बन्छ। त्यहाँ पुग्दा त्यसैत्यसै मन रमाउँछ। आनन्द हुन्छ। दिमाग पनि सिर्जनशील बन्छ।

गन्तव्य चन्द्रागिरि !

काठमाडौंको चन्द्रागिरि नगरपालिकामा घुम्ने, सिक्ने र रमाउने धेरै सम्पदा छन्। अब गुराँससँग लुकामारी खेल्दै र हिमालसँग आँखा जुधाउँदै चन्द्रागिरिका विभिन्न डाँडामा हाइकिङ, साइक्लिङ र बाइकिङ गर्ने कि !

नेपाल भ्रमण वर्षमा हाइकिङ

माघ–फागुन हिमाल खुल्ने मौसम। यतिबेला काठमाडौं उपत्यकाको जुन डाँडामा चढे पनि हिमालको दर्शन गर्न सकिन्छ। काठमाडौं बाहिरका डाँडाबाट पनि हिमाल अवलोकन गर्न पाइन्छ। त्यसैले आउनुहोस् आआफ्नो वरपरका डाँडापाखामा हाइकिङ गरेर नेपाल भ्रमण वर्ष २०२० मनाऔं। ‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ लिऔं।

प्रकृतिप्रेमी समूहको १५० औं हाइकिङ

नेपालमा स्वास्थ्यबर्धक हाइकिङ गराउँदै आएको ललितपुरको प्रकृतिप्रेमी समूहले आफ्नो १५० औं हाइकिङ पुरा गरेको छ। उसले शनिबार दक्षिणी ललितपुरको तिप्चे झरना क्षेत्रमा आयोजना गरेको हाइकिङमा विभिन्न क्षेत्रका २३८ जना पदयात्री सहभागी भएका थिए।

चम्पादेवीको उकालो चढ्दा...

हरेक महिनाको चौंथो शनिबार काठमाडौं सेरोफेरोमा हाइकिङ गराउँदै आएको प्रकृतिप्रेमी समूहले १४९ औं हाइकिङ चम्पादेवी क्षेत्रमा गराएको थियो। दसैंका बेला गरिएको पछिल्लो हाइकिङले हामीमा थप ऊर्जा बढायो।

बालबालिकालाई हाइकिङ

हाइकिङको अर्थ हो–हिँड्नु। ‘हाइ’ भनेको उचाइ र ‘किङ’ भनेको राजा। उचाइको राजा अर्थात् उचाइमा हिँडेर स्वास्थ्य लाभ गर्नुलाई हाइकिङ भनेर बुझ्न सकिन्छ। स्वस्थ रहन हामीले दिनमा कम्तीमा ४५ मिनेट हिँड्नु पर्छ भने महिनामा एक पटक हाइकिङ गर्नुपर्छ।

दसैं हाइकिङ

हिमाल खुल्ने मौसम। चारैतिर हरियाली वातावरण। परिवार र आफन्तको साथ। पर्वको रमझम। रमाइलो वातावरण। आउनुहोस् हाइकिङ गरौं। आफ्नो सेरोफेरोका डाँडापाखामा हिँडौं। स्वस्थ बनौं।

१०० औं हाइकिङ

सेवक अभियानले धरानमा हाइकिङ जागरण ल्याएको छ। लाहुरेहरूको सहर धरानलाई ‘हाइकर्सहरूको सहर’ उपमा दिन मिल्ने भएको छ। अचेल धरानेहरू हरेक शनिबार हाइकिङ गर्छन्। वरपरका डाँडापाखा घुमेर आआफ्ना घरमा फर्कन्छन्। सामाजिक कामको अगुवाइ गर्दै आएको ‘सेवक अभियान’ले उनीहरूमा हाइकिङ जागरण ल्याएको हो।

दलचोकी कलिङ

प्रकृतिप्रेमी समूहले निरोग आनन्दधाम बनाएसँगै ललितपुरको दलचोकी स्वास्थ्य पर्यटन गन्तव्यका रुपमा चिनिँदै छ । समूहको १४३ औं हाइकिङ पनि दलचोकीमै भएको थियो । त्यो डाँडाको शिरानमा स्थानीय गाउँपालिकाले भ्यू टावर पनि बनाउँदै छ ।

गुराँसे हाइकिङ

झलमल्ल हिमाल। तलतल काठमाडौं उपत्यकाको पूरा छवि। चारैतिर हरिया डाँडा, एउटा होइन, दुइटा होइन, अनगिन्ती आपसमा खप्टिएझै देखिने। कति सुन्दर प्रकृति ! जता हे-यो उतै हरियाली। त्यसमाथि पनि गुराँसको लालीले वनै राताम्मे। नयाँ दुलहीले रातो सारी लगाएझैं देखिने पहाडहरू।

विष्णुद्वार र पेन्देलमा ‘जेसुम’

हाइकिङ गर्दै चित्र र साहित्य सिर्जना गर्ने अभियानको रूपमा रहेको ‘जेसुम यात्रा’को छैठौं संस्करण यसपटक राजधानीको विष्णुद्वार र पेन्देल गाउँमा सम्पन्न गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्