२४ असार २०८१ सोमबार
image/svg+xml

सर्खेतमा एक लाख अफिमका बिरुवा प्रहरीद्वारा नष्ट

जिल्ला प्रहरी कार्यालय सुर्खेतले आइतबार एक लाख लागुऔषध अफिमका बिरुवा नष्ट गरेको छ। लेकबेसी नगरपालिका–८ लामिडाँडा सुर्खेतमा खेती गरिएका एक लाख बढी अफिमका बिरुवा प्रहरीले नष्ट गरेको हो।

भारतीय लगानीमा अफिम खेती

दुई दिनअघि सामुदायिक–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत इलाका प्रहरी चौकी लेकवेशीको टोली लामिडाँडा पुगेको थियो। जनचेतनामूलक कार्यक्रमका लागि पुगेको प्रहरी टोलीले गाउँभरी अफिम खेती देख्यो। शनिबार विहानै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक निरञ्जन घिमिरेको कमाण्डमा २४ जनाको टोली खटियो। ‘छ विघा जमिनमा लगाइएको अफिम खेती नष्ट गर्न छ घण्टाभन्दा धेरै समय लाग्यो’, प्रहरी निरीक्षक घिमिरेले भने, ‘स्थानीयले पनि अफिम खेती नष्ट गर्न सहयोग गर्नुभयो।’

अठ्ठाइस बिघा गाँजा र आठ बिघा अफिम खेती नष्ट

मकवानपुर जिल्ला प्रहरी कार्यालयले गाँजा तथा अफिम खेती नष्ट गर्ने कार्यक्रमअन्तर्गत मकवानपुर जिल्लामा २८ बिघा १० कट्ठा गाँजा र आठ बिघा अफिम खेती नष्ट गरेको जनाएको छ।

अफिम छाडेर तरकारी खेती

लेकबेशी नगरपालिका–९ को कालटाँडी गाउँ केही वर्षअघिसम्म अफिम खेतीका लागि प्रख्यात थियो । ३२ घरधूरीका प्रायः सबैले अफिम खेती गर्थे । हरेक वर्ष प्रहरी अफिम खेती नष्ट गर्न परिचालिन हुन्थ्यो ।

दुर्गम गाउँमा अफिम खेती मौलायाे

नलगाड नगरपालिकाका विभिन्न स्थानमा अवैध रुपमा अफिम खेती मौलाएको छ। कम लगानीमा मनग्य आम्दानी हुने भएपछि स्थानीयवासीले पाखोबारीमा अफिम खेती गर्दैआएका छन्। पर्याप्त आम्दानीको आशमा स्थानीयवासीले पाखोबारीमा अन्य खेती लगाउन छाडेर अफिम खेती गर्ने गरेका छन्।

आफैले लगाएको अफिम खेती आफै नष्ट

उदयपुरमा लगाइएको अवैध अफिम खेती किसान आफैले नष्ट गरेको फेला परेको छ। जिल्लाको पूर्वी नगरपालिका बेलका २ शान्तिबजार टप्पुस्थित ४ कठ्ठा क्षेत्रफल जग्गामा लगाइएको अफिम खेतीको जानकारी प्रहरीमा पुगेको थाहा पाएपछि किसान आफैले नष्ट गरेको प्रहरीले जनाएको छ।

अफिम र गाँजा सहित तीन प्रक्राउ

अफिम र गाँजा सहित प्रहरीले तीन जनालाई प्रक्राउ गरेको छ। मुसीकोट नगरपालिका वडा नं. ८ साँखका ३८ वर्षिय हिमवहादुर पाण्डे र सोही नगरपालिका वडा नं. ७ का २३ वर्षिय कमल र विजय रातवलाई प्रक्राउ गरेको हो।

लागुऔषध गाँजा र अफिमसहित २ जना पक्राउ

अबैध लागूऔषध गाँजा र अफिमसहित २ जनालाई मकवानपुर प्रहरीले ग्राहक बनेर पक्राउ गरेको छ। २२ किलो ५ सय ग्राम गाँजा र १ किलो २ सय ग्राम अफिमसहित उनीहरुलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो।

साढे तीन किलो अफिमसहित युवक पक्राउ

प्रहरीको सुदूरपश्चिम क्षेत्रीय ब्युरोको टोलीले आइतबार कैलालीको मुडा बजार क्षेत्रबाट तीन किलो सात सय ग्राम अफिमसहित एक युवकलाई पक्राउ गरेको छ।

२३ किलो अफिमसहित २ पक्राउ

२३ किलो अवैध लागुऔषध अफिमसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। मुमिकोट नगरपालिका–१ सल्ले बस्ने ३५ वर्षीय रामु घर्ती र रन्मामैकोट–८ का ३७ वर्षीय पूर्णबहादुर पुनलाई प्रहरीले पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्