२४ असार २०८१ सोमबार
image/svg+xml

क्यान महासंघले ज्ञापनपत्र बुझायो

सरकारले तीन दर्जनभन्दा बढी उद्योग, व्यवसाय चलाउन दिने भने पनि त्यसमा सञ्चार तथा सूचना प्रविधि क्षेत्र नसमेटिएको भन्दै क्यान महासंघले सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडालाई शुक्रबार ज्ञापनपत्र बुझाएको छ ।

मासिक २० हजार माग गर्दै वडा सदस्यको ज्ञापनपत्र

रौतहटको एउटा नगरपालिकाका वडा सदस्यहरुले विभिन्न सुविधाका साथै बजेटको माग गर्दै ज्ञापनपत्र बुझाएका छन्। रौतहटको गढीमाई नगरपालिकाका जनप्रतिनिधि वडा सदस्यहरुले नगरपालिका कार्यालयमा वडामा जाने विकास बजेटको साठी प्रतिशत माग गरेका छन्। नगरपालिकाको हरेक वडामा हुने विकास निर्माणको चालीस प्रतिशत सम्बन्धित वडाध्यक्ष र साठी प्रतिशत बजेट चारजना सदस्यले बराबरी भागबन्डामा पाउनु पर्ने नियम बनाउन माग गरेका छन्।

सूचना प्रविधि विधेयकको विरोधमा कांग्रेसले बुझायो ७७ जिल्लामा ज्ञापनपत्र

पाली कांग्रेसले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरु मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको छ। सरकारले ल्याएको नेपाल सेवा विधेयक र विकास तथा प्रविधि समितिबाट पारित सूचना प्रविधि विधेयकको विरोधमा ७७ वटै जिल्ला प्रशासन कार्यालयहरु माफर्त कांग्रेसले ज्ञापन पत्र बुझाएको हो। काठमाडौंमा सहायक प्रमुख जिल्ला अधिकारी गौलोचन सैजु मार्फत सरकारलाई विरोध पत्र बुझाएको छ।

अक्षम घोषितलाई आयोगमा नदोहोर्‍याउन ज्ञापनपत्र

द्वन्द्वपीडित साझा चौतारीले सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी चयन गर्न बनेको सिफारिस समितिले पहिल्यै पदच्यूत भइसकेका व्यक्तिको नाम फेरि समावेश गरेको भन्दै संघीय संसद्मा ज्ञापनपत्र बुझाएको छ।

उखु किसानको ज्ञापनपत्र

दुई क्रसिङ सिजनको ४४ करोड रुपैयाँ बाँकी रहेको भन्दै उखु किसानले चिनी उद्योगका मालिकसँग रकम भुक्तानीको व्यवस्था गरिदिन जिल्ला प्रशासन कार्यालय रौतहटमा ज्ञापनपत्र बुझाएका छन्।

तेहेरो कर हटाउन माग गर्दै उपभोक्ता सडकमा

सरकारले लगाएको तेहेरो करको विरोधमा बर्दिया जिल्लाको सदरमुकाम गुलरियामा हजारौँ उपभोक्ता जम्मा भएका छन् । सामुदायिक वन उपभोक्ता महासङ्घको आह्वानमा बर्दिया जिल्लाका उपभोक्ता विरोधस्वरुप सडकमा उत्रिएका हुन् ।

'दोषीलाई कारबाही नगरे कडा आन्दोलन गर्छौ'

नेपालगञ्जमा जागरणको दोस्रो चरणको अभियानका क्रममा बिहिबार नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताको आक्रमणबाट कांग्रेस जिल्ला सभापति किरण कोईरालाको बायाँ हात भाँचिएको थियो, भने अन्य नेता तथा कार्यकर्तालाई सामान्य चोट लागेको थियो।

मनपरी भाडा असुलीविरुद्ध ज्ञापनपत्र

पासाङ ल्हामु मार्गको रसुवाखण्डमा सञ्चालित सार्वजनिक यातायातले मनपरी भाडा असुली गरेको विरोधमा विद्यार्थी संगठनले ज्ञापनपत्र बुझाएका छन् । जिल्लामा तीनओटा कम्पनीद्वारा सञ्चालित र तीनैओटा कम्पनीका सवारीसाधनले आ–आफ्नो तरिकाले भाडा असुलेको उनीहरूले बताएका छन् । मनपरी भाडा असुली बन्दको माग गर्दै संगठनले बिहीबार प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

गुल्मीका पत्रकारले धर्नासँगै बुझाए ज्ञापनपत्र

विद्युतीय कारोवार ऐन दफा ४७ र ४८ खारेजीको माग गर्दै गुल्मीका पत्रकारहरु धर्ना बसेका छन। जिल्ला प्रशासन कार्यालय गुल्मीको गेटमा पत्रकार महासघ गुल्मी शाखाको आयोजनामा गुल्मेली पत्रकारहरु बिहिवार एक घण्टा धर्ना बसेका हुन।

केसीले राष्ट्रसंघ गुहारे

चिकित्सक गोविन्द केसीसहित चारजनाले दस वर्षे माओवादी द्वन्द्वको अवधिमा युद्ध अपराधका घटनाका दोषीलाई कारबाहीको माग गर्न संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्।

राप्रपाद्वारा प्रधानमन्त्रीसमक्ष २२ सूत्रीय माग राख्दै ज्ञापनपत्र पेस

राप्रपा नेपालका अध्यक्ष कमल थापाले २२ सूत्रीय मागसहित सरकारलाई ज्ञापनपत्र बुझाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाइएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

‘कम्युनिष्ट सरकारविरुद्ध लण्डनमा पनि विरोध’

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले केपी ओली नेतृत्वको कम्युनिष्ट सरकारविरुद्ध नेपालमा देशव्यापी प्रदर्शन गरेकै दिन बेलायतमा समेत सरकारको विरोध गरिएको छ । वेलायतस्थित नेपाली कांग्रेसको भातृसंस्था नेपाली जनसम्पर्क समितिले सोमवार लण्डनस्थित नेपाली दूतावास भवनमा जम्मा भएर सरकारको विरोध गर्दै सरकारबिरुद्ध ज्ञापनपत्र बुझाएको छ।

डा. केसीको सत्याग्रहलाई उचित निकास दिन सरकारको ध्यानाकर्षण

मानव अधिकार तथा शान्ति समाज खोटाङले डा. गोविन्द केसीको सत्याग्रहलाई उचित निकास दिन सरकारको ध्यानाकर्षण गराएको छ। समाजले चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा क्षेत्र सुधारको माग गर्दै सत्याग्रहमा बसेका डा. केसीसँग बिगतमा भएका सहमति कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराउँदै उनको जीवन रक्षाको लागि समेत माग गरेको छ। शुक्रबार जिल्ला प्रशासन कार्यालय खोटाङमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउँदै समाजले डा. केसीको अनसनमा सरकारले पूर्व सहमति अनुसार उचित निर्णय लिनुपर्ने बताएको छ।

नगरमा अनियमितता भएको भन्दै पूर्व प्रधानमन्रत्रीलाई ज्ञापनपत्र

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट सञ्चालन भएका विभिन्न योजनामाथि छायाँ सरकारले आर्थिक पारदर्शीताको प्रश्न उठाएको छ।

हिंसा अन्त्य माग गर्दै ज्ञापनपत्र

महिला हिंसाका घटना बढदै गएको भन्दै त्यसलाई नियन्त्रण गर्न प्रेरणा महिला समूहले स्युचाटार प्रहरी प्रभागमा ज्ञापनपत्र बुझाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्