२३ असार २०८१ आइतबार
image/svg+xml

श्रावण महिनाको धार्मिक सांस्कृतिक पक्ष

श्रावण महिना धार्मिक सांस्कृतिक दृष्टिले महत्वपूर्ण रहेको छ । सूर्यको दक्षिणायन आरम्भ हुने, वर्षा ऋतु सुरु हुने र सूर्य कर्कट राशिमा विचरण गर्ने यस महिनाका प्राकृतिक विशेषता हुन् ।

कपाल काट्ने सेलिब्रेटी

हेयरस्टाइलिष्ट निलडेभिड कटुवालको वास्तविक नाम निलेन्द्र कटुवाल हो । झापामा जन्मिएका निलेन्द्र अहिले बाबुआमाले दिएको नामका कारण भन्दा आफूले आफैँलाई दिएको नामले चर्चित छन् ।

बलिउड र कलिउड एक अमिल्दो तुलना

बलिउडको बाछिटा कलिउडमाथि पर्दै आएको छ । सिनेमाको प्रस्तुति मात्र नभएर बलिउड प्रवृत्तिको कलिउडले अनुसरण गर्ने गरेको छ । बलिउडको कलिउडमाथिको प्रभाव थोरै स्वाभाविक र धेरै अस्वाभाविक हुने गरेको छ ।

कोरोना कहर : अव्यवस्थित व्यवस्थाले संक्रमण बढ्ने जोखिम

सरकारले कोरोना भाइरस (कोभिड–१९) को परीक्षणका लागि पिसिआरको दायरा कम गर्दै लगेको छ । पिसिआरको दायरै कम गरेपछि तथ्यांकमा संक्रमितको संख्या पनि कम हुने नै भयो । पिसिआर परीक्षण जाँच शून्यमा झार्ने हो भने तथ्यांकमा संक्रमितको संख्या पनि शून्य नै देखिन्छ ।

बेतोडको खर्च आतंक

नयाँ आर्थिक वर्ष सुरु भएकै दिन साउन १ मा प्रकाशित मुलुकका सबै छापाहरूले नियम विपरीतको खर्च अर्थात् बेरुजुलाई प्राथमिकता राखेका छन् ।

रकस्टारको माटो प्रेम

कोरोना महामारी नभएको भए नेपथ्य ब्याण्डका गायक अमृत गुरुङ यतिबेला अमेरिकाको कन्सर्टका लागि तयारीमा हुन्थे । कोरोना महामारीले यतिबेला संसार थिलथिलो भएको छ ।

अस्तित्व

‘घर बस्दाबस्दा वाक्क भैसकेँ म ।... म पनि त मान्छे हुँ ! मलाई पनि त घुम्न मन लाग्छ ! सपिङ गर्न मन लाग्छ । साथीभाइहरुसित घण्टौँ गफ गरेर बरालिन मन लाग्छ । आफ्नो खुसीको लागि केही गर्न मन लाग्छ ।’

मर्नुभन्दा पहिला बाँच्नु पर्छ

मलाई बाँच्छु भन्ने थिएन । न्युयोर्कमा यस्तो अवस्था भइसकेको थियो, कोरोनाले भेटेमध्ये धेरै कम मात्र बाँचिरहेका थिए । हरेक दिन जुन प्रकारले बिरामीहरूको संख्या थपिँदै थियो त्यसले यस्तो लाग्न थालेको थियो यो नै मानवसभ्यताको अन्तिम समय हो ।

आफैँलाई चिन्ने बेला हो लकडाउन

केही दिन अगाडिसम्म मज्जाले चलिरहेको दैनिकी अहिले एकाएक परिवर्तन भएको छ । अधिकांश समय बाहिर बिताउने म, अहिले दिनभरि घरमै बसिरहेकी छु ।

हामी कुन बेला बढी खान्छौँ ?

बूढापुरानाहरुले प्रायः भन्छन्, ‘खाने कुरा कहिल्यै एक्लै नखानू । सबैसँग बाँडीचुँडी खानु । एक्लो खाना राम्रो हुँदैन ।’ बूढाबूढीहरुको तर्क छ, बाँडेर खाँदा बल बढ्छ । तर आधुनिक शोधले देखाउँछ, हामी समूहमा बसेर खान थाल्यौँ भने अलि बढी नै खान्छौँ । सामूहिक रुपमा खान बस्दा कहिल्यै खान नरुचाउने खान्की पनि हामी होहोमा होहो मिलाएर खान्छौँ । एक्लै त ती कुरा खाने कुरा हामी कहिल्यै सोच्न पनि सक्तैनौँ ।

कोरोना भाइरसले बदल्नेछ अबको विश्व

गएको जनवरीदेखि अलिअलि नाम सुनिएको कोरोनाभाइरस यतिबेला घरघरमा परिचित भाइरस बन्न पुगेको छ । यसले मच्चाएको आतंक सामाजिक मात्र होइन, आर्थिक पनि छ र कयौँ देशलाई यसले कंगालीको छेउ ल्याएर थचारिदिएको छ । यो लेखुञ्जेल एक लाखभन्दा बढीको ज्यान गइसकेको छ ।

नजरबन्दमा बसिसकेकाहरुको क्वारेन्टिन अनुभव

सन् २०१३ देखि २०१८ का बीचमा करिब ६० हजारभन्दा बढी राजनीतिक कार्यकर्ताहरु हाउस अरेस्टमा बसेका थिए । हाउस अरेस्ट झेलिसकेका ६ जना रुसी नागरिकले बिबिसीसँग आफ्ना अनुभव बताए । खासमा आइसोलेसनमा बस्न कसरी सहज बनाउन सकिन्छ रु भन्ने उनीहरुको अनुभव यतिबेला काम लाग्न सक्छ ।

मानिसभन्दा जनावरको उमेर किन कम ?

चाहे मानिस होस् या जनावर सबैले एक न एक दिन मर्नु नै छ ! शोधका आधारमा कुनै पनि जीवित प्राणीको उमेर आँकलन गर्न सकिन्छ ।

जातपात वा नश्लमा खास के छ ?

कुनै खास नश्ल वा जातिका साथ मिथकहरु वा विशेष किसिमका धारणा जोडिएको हामीले सर्वत्र देख्ने गरेका छौँ । तर खासगरी यस्ता मिथक गलत नै हुने गरेका छन् । प्रायः यसता धारणा खुला रुपमा नश्लवादीहरुले प्रकट गर्दैनन् । बरु जो नश्लवादी हुँदैनन्, तिनीहरुमा यस्ता धारणा निकै बलियो गरी घर गरेका हुन्छन् ।

अबको संसार, मास्कसहितको संसार

कोरोना भाइरसको संक्रमण रोक्नका लागि बढीभन्दा बढी मानिसले फेसमास्क लगाउनु पर्छ ? यो प्रश्नको उत्तरम अब विश्व स्वास्थ्य संगठनका केही विशेषज्ञले खोज्नेछन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्