२० असार २०८१ बिहीबार
image/svg+xml
खेल

प्रदेशस्तरीय कबड्डी सुरु

मोरङको बुढीगंगास्थित टंकीसिनवारीमा प्रदेशस्तरीय लिग कम नकआउट कबड्डी प्रतियोगिता सुरु भएको छ।

कोसी प्रदेश खेलकुद विकास बोर्डले आयोजना गरेको कबड्डी प्रतियोगिताको उद्घाटन गर्दै कोसी खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम) ले खेल खेलेर बाँच्ने र गौरव गर्ने सक्ने अवस्था अझै बन्न नसकेको बताए।

उनले खेलाडीहरू देशको गौरव हुन् भन्ने स्थापित गर्न प्रदेश सरकार र प्रदेश खेलकुद बोर्डले प्रयास गरिरहेको दाबी गरे।

कबड्डी नेपालको धेरै खेलिने खेल र गौरवको खेल पनि भएको बताउँदै, सदस्यसचिव बस्नेतले भने, ‘खेलाडीहरूलाई सर्वोपरि ठानेर बोर्डले काम गरिरहेको छ ।’ सोमबार भएको उद्घाटन खेलमा सोलुखुम्बु र उदयपुरले ४३–४३ प्वाइन्टको बराबरी खेल्दै १–१ अंक बाँडेका छन्।

प्रतियोगितामा प्रदेशका १२ वटा जिल्लाको सहभागिता रहेको छ। मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, उदयपुर, सोलुखुम्बु, संखुवासभा र ओखलढुंगाको सहभागिता रहेको छ। भोजपुर र खोटाङले सहभागिता जनाएका छैनन् । 

प्रकाशित: १८ असार २०८१ ०६:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App