२० असार २०८१ बिहीबार
image/svg+xml
खेल

कोसीकी सरितालाई स्वर्ण

पारा तथा विशेष खेलकुदअन्तर्गत भारोत्तोलनमा कोसी प्रदेशकी सरिता थुलुङले सोमबार स्वर्ण जितेकी छन्। महिला ६७ केजीमाथि सरिताले ६५ केजी भार वहन गरिन्।

बागमती प्रदेशकी संगीता लिम्बूले ४१ केजी तथा गण्डकी प्रदेशकी भावना केसीले ४० केजी तौल उठाउदै क्रमशः रजत र स्वर्ण हात पारे।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा राष्ट्रिय पारा भारोत्तोलन खेलकुद संघ नेपालको व्यवस्थापनमा भएको प्रतियोगिताको महिला ६७ केजीमुनि कोसीकी अनुकला राई पहिलो भइन्।

अनुले ४२ केजी तौल उचालिन्। कोसीकै सम्झना वन दोस्रो तथा गण्डकीकी शर्मिला विश्वकर्मा तेस्रो भए । सम्झनाले ४० तथा शर्मिलाले ३६ केजी भार वहन गरे।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको प्रतियोगिताको ५० केजीमुनि ३४ केजी तौल उचालेकी लुम्बिनी प्रदेशकी हुमा मगरले स्वर्ण जितिन्। २५ केजी तौल उठाएकी सुदूरपश्चिमकी रोशनी थापा दोस्रो भइन्।

दुईदिने प्रतियोगिताको पुरुषमा चार र महिलामा तीन गरी सात स्पर्धामा ४२ खेलाडीको सहभागिता रहेको राष्ट्रिय पारा भारोत्तोलन खेलकुद संघ नेपालका अध्यक्ष टेकबहादुर गुरुङले जनाएका छन्। अन्तिम दिन मंगलबार पुरुषतर्फ चार स्पर्धाको फाइनलमा हुनेछ।

प्रकाशित: १८ असार २०८१ ०६:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App