२३ असार २०८१ आइतबार
image/svg+xml
खेल

जोस बटलरको तुफानी पारीले अमेरिकामाथि इङ्ग्ल्यान्डको जित

आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर ८ अन्तर्गतको खेलमा अमेरिकाले लज्जास्पद हार व्यहोरेको छ।

गयराति सम्पन्न खेलमा इङ्ग्ल्यान्डले अमेरिकालाई १० विकेटले पराजित गर्दै सानदार जित हासिल गरेको हो।

केनसिङ्टोन ओभलमा टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको अमेरिकाले निर्धारित ओभरको ४ बल बाँकी छदै अलआउट भएर ११५ रन मात्रै बनाउन सक्यो। ११६ रनको लक्ष्यसहित मैदान उत्रेको इङ्ग्ल्यान्डले ९.४ ओभर खेल्दै बिना कुनै विकेटको क्षतिमा जित हासिल गर्यो।

इङ्ग्ल्यान्डको जितका लागि कप्तान जोस बटलरले ८३ रन र फिल साल्टको २५ रन नै पर्याप्त भयो।

इङ्ग्ल्यान्डका कप्तान बटलर र ओपनर ब्याट्सम्यान सामु कमजोर बनेको अमेरिकी बलहरूले एक विकेट पनि लिन सकेनन्।

त्यसअघि अमेरिकाका नितिश कुमारले ३० रन बनाउँदा कोरी एन्डरसनले २९ रनको पारी खेले। हरमित सिंह २१ रन बनाएर आउट हुँदा अन्य कुनैपनि खेलाडी इङ्ग्ल्यान्डका बलर समक्ष धेरै बेर टिक्न सकेनन्।

अमेरिकालाई मध्यम रन स्कोरमा समेट्न इङ्ग्ल्यान्डका क्रिस जोर्डनले सर्वाधिक ४ विकेट लिए भने स्याम करन र आदिल राशिदले समान २÷२ विकेट हात पारे। जबकी ऋषि टोपले र लियाम लिभिङ्स्टोनले समान १/१ विकेट हात पारे।

जितसँगै इङ्ग्ल्यान्डको सेमिफानल यात्रा सहज बनेको छ भने लगातार तीन खेलमा पराजित बनेको अमेरिकाको सेमिफाइनल यात्रा सकिएको छ।

प्रकाशित: १० असार २०८१ ०६:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App