२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

नेपाल 'ए' ले गुमायो लगातार चौथो विकेट

नेपाल 'ए'ले लगातार चौथो विकेट गुमाएको छ। जारी एकदिवसीय क्रिकेटमा आयरल्यान्ड वुल्भ्सले नेपालको लगातार तेस्रो र चौथो विकेट आउट गरेको हो। 

नेपाल 'ए' का भिम सार्की र अर्जुन साउद पालैपालो आउट भएका हुन्। आयरल्यान्ड वुल्भ्सका म्याथ्यू हम्फ्रेजले एक ओभरमै दुई विकेट लिएका छन्।  उनले सार्कीलाई १७ र साउदलाई ५ रनमा पभेलियन फर्काएका छन्।

१७५ रनको लक्ष्यसहित मैदान उत्रेको नेपाल 'ए' ले खराब सुरुआत गर्दै खेलिरहेको छ। आजको खेलमा पनि नेपाल 'ए' ले जित निकाल्न नसके उसले यो सिरिज पनि गुमाउने छ। 

प्रकाशित: २३ चैत्र २०८० १३:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App