२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

नेपाललाई लगातार दोस्रो झड्का, खनाल र लोकेश आउट

टी–२० अभ्यास खेल अन्तर्गत नेपालविरुद्ध आयरल्यान्ड वुल्भ्सले लगातार दोस्रो सफलता हात पारेको छ।

टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको नेपाल ‘ए’ ले लगातार पहिलो र दोस्रो विकेट गुमाएको हो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपाल ‘ए’ का देव खनाल र लोकेश बम आउट भएका छन्।

लोकेश ८ र खनाल ६ रन बनाएर पबेलियन फर्केका छन्। 

तेस्रो आभेरको खेल सकिँदा नेपालले २ विकेट गुमाएर १९ रन मात्रै बनाउन सकेको छ।

प्रकाशित: १९ चैत्र २०८० १३:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App