२२ असार २०८१ शनिबार
image/svg+xml
खेल

भ्याली पब्लिक र हिमरश्मि सेमिफाइनलमा

भ्याली पब्लिक र हिमरश्मि आइतबार प्रथम किङ्डम हिमालयन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन्।

टोखास्थित प्रयारनगरमा आयोजक किङ्डम हिमालयनमा भइरहेको प्रतियोगितामा भ्याली पब्लिकले ग्रिनल्यान्डलाई २४–१७ ले पराजित गर्‍यो। भ्याली पब्लिकको जितमा आर्यन गुरुङले १५ अंक योगदान गरे।

आदर्श तामाङको १६ अंक सहयोगमा हिमरश्मिले ह्वाइट माउन्टेनलाई ३२–२७ ले हरायो। जुनियर ब्वाइजमै स्काइलार्कले पिपुल्स एकेडेमीलाई ३६–३२ तथा सेबले आयोजक किङ्डम हिमालयनलाई २०–१९ ले पाखा लगाए। स्काइलार्कका रोमन घलेले १४ तथा सेबका विपन सुनारले १३ स्कोर गरे।

भ्याली पब्लिक र स्काइलार्क तथा सेब र हिमरश्मिबीच सेमिफाइनल हुनेछन्। सिनियर ब्वाइजमा न्यु जेनिथले किङ्डम हिमालयनलाई ६९–६४ ले पन्छाउँदै सेमिफाइनलमा पुग्यो। न्यु जेनिथका सागर श्रेष्ठले ३२ अंक जोडे।

सेमिफाइनलमा न्यु जेनिथको भेट विल्सन एकेडेमीसँग हुनेछ भने किङ्डम हिमालयनले प्रान्जलीको सामना गर्नेछ। सिनियर गल्र्सको सेमिफाइनलमा किङ्डम हिमालयनले फेरिल्यान्ड तथा ग्रिनल्यान्डले पिपुल्सविरुद्ध प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित: ७ फाल्गुन २०८० ०७:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App