२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

यी प्रदेशमा आज धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

आज देशको बागमती, गण्डकी, लुम्बिनी र सूदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।

महाशाखाले अनुसार आज दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहने जनाएको छ। साथै देशका धेरै स्थानहरूका मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

महाशाखाले कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको बताएको छ। बागमती, गण्डकी, लुम्बिनी र सूदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा भने धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै आज राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहने महाशाखाले जनाएको छ। महाशाखाका अनुसार देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

महाशाखाले बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको जनाएको छ। बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तो छ आगामी २ दिनको मौसम सम्बन्धी जानकारीः

२०८१ असार २० गते (बिहीवार)

दिउँसोː देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ। देशैभरका धेरै स्थानहरूका मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

रातिः देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ। देशैभरका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सबै प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

२०८१ असार २१ गते (शुक्रवार)

दिउँसोː देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ। देशैभरका धेरै स्थानहरूका मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सबै प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी, गण्डकी, लुम्बिनी र सूदुरपश्चिम प्रदेशको एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

रातिː देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ। देशैभरका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सबै प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको एक–दुई  स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

प्रकाशित: १९ असार २०८१ ०६:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App