२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

सर्लाहीको बागमतीमा सवारी दुर्घटना, तीन जनाको मृत्यु

पूर्व पश्चिम राजमार्ग सडक खण्ड अन्तर्गत बागमती १ रायमाझी चोकमा आज बिहान रोकिराखेको मालबाहक ट्रकमा यात्रुबाहक ठोक्किँदा ३ जनाको मृत्यु भएको छ। दुर्घटनामा परी अन्य ७ जना गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपक श्रेष्ठका अनुसार बिहान साँढे ६ बजेको समयमा बागमती नगरपालिका १ रायमाझी चैकमा भैरहवाबाट पस्र्व तर्फ जाँदै गरेको लु १ ख ८८४८ नम्बरको बस र सडक किनारमा रोकि राखेको एन एल ०११ ए एस ९२५२ नम्बरको भारतीय मालबाहक ट्रकमा ठोक्किदा दुर्घटना भएको बताए।

दुर्घटनामा परी रुपन्देहीको मायादेवी गाउँपालिका निवासी हरिनारायण चौधरी, मायादेवी गाउँपालिकाका ८५ वर्षका दशरथ कहाँर सोही ठाउँका ५० वर्षका रामकरण केवटको मृत्यु भएको उपनि उनले बताए।

दुर्घटनामा परी घाइते भएकाहरुलाई बागमती प्रहरीले उद्धार गरी उपचारका लागि विभिन्न अस्पताल पठाएको छ। घाइतेहरुको पहिचान भने खुल्न सकेको छैन।

प्रकाशित: ६ असार २०८१ ०९:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App