२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

जेनेभामा जारी आईएलसीको पूर्ण बैठकलाई सम्बोधन गरे मन्त्री अर्यालले

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले जेनेभामा जारी अन्तराष्ट्रिय  श्रम संगठन (आईएलओ)को ११२ औ अन्तराष्ट्रिय श्रम सम्मेलन (आईएलसी) को पूर्ण बैठकलाई सम्बोधन गरेका छन् ।

मंगलबार साँझ सम्मेलनलाई उनले सम्बोधन गरेका हुन् । सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री अर्यालले नेपाल सरकारले घरेलु रोजगार प्रबद्र्धन दशक घोषणा गरेको जानकारी गराए । त्यस्तै, नेपाली श्रमिकको श्रम सम्बन्धी सबै खालका समस्या एकद्धार प्रणालीबाट समाधान गर्न श्रमाधान रोजगार योजना शुरु गरेको पनि बताए । त्यस्तै, अनौपचारिक इकाई र श्रमलाई औपचारिक बनाउने तर्फ नेपाल सरकार केन्द्रित रहेको बताए ।  

त्यस्तै, आईएलओको नवौं महाधिवेशनलाई अनुमोदन गर्ने योजनामा त्रिपक्षीय सहमती भएको उनले बताए । साथै स्वतन्त्रता सम्बन्धी महासन्धि ८७, श्रम निरीक्षण सम्बन्धी महासन्धी ८१, र जबरजस्ती श्रम महासन्धीको २०१४ प्रोटोकललाई अनुमोदन गर्नमा केन्द्रित रहेको मन्त्री अर्यालले जानकारी गराए । ‘मौलिक सिद्धान्त र काममा अधिकार सम्बन्धी संशोधित आईएलओ घोषण प्रति सदस्य राष्ट्रको रुपमा प्रतिबद्धता अटल छ । हामीले कामको परिवर्तनशील संसारमा श्रम प्रशासन प्रतिवेदनबाट नेपालसँग सम्बन्धित टिप्पणीहरुलाई पनि स्वीकार गर्छौ र सम्बोधन गर्छौ,’ उनले भने । शसक्त महिला, समृद्ध नेपाल कार्यक्रम मार्फत आईएलओ अन्य संयुक्त राष्ट्र संघ, संस्थाहरु र युरोपेली संघको महासन्धि नम्बर १११ संग नजिकबाट सहकार्य गरि रहेको पनि उनले बताए ।  

त्यस्तै, मन्त्री अर्यालले श्रमाधान मन्त्री स्तरीय सम्मेलनमा सबैलाई निमन्त्रण समेत गरे । ‘यो सम्मेलन हामीले सन् २०२४ को अन्त्यसम्ममा आयोजना गर्ने योजना बनाएको छौ । हाम्रो प्रगतिको बारेमा छलफल गर्न र सहकार्यका साथ एउटा रोडम्याप बनाउनको लागि हाम्रो सुन्दर देशमा तपाईहरुलाई स्वागत गर्छु,’ उनले भने ।

 

प्रकाशित: ३० जेष्ठ २०८१ १७:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App