२० असार २०८१ बिहीबार
image/svg+xml
समाज

‘संवेदनशील कोसी’

कोसी प्रदेश सामाजिक तथा धार्मिक सद्भाव एवं भाइचाराका हिसाबले संवेदनशील देखिएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीले निष्कर्ष निकालेको छ। दुईदिने गोष्ठीको समापनपछि सोमबार पत्रकार सम्मेलनमार्फत गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले सामाजिक तथा धार्मिक सद्भाव एवं भाइचाराको हिसाबले कोसी प्रदेश संवेदनशील देखिएको जानकारी दिएका हुन्।

भाव एवं भाइचाराको हिसाबले संवेदनशील देखिएको र पछिल्लो समय नागरिक समाज, राजनीतिक दल, निजी क्षेत्रबाट शान्ति सुरक्षा, समाजिक एवं धार्मिक सद्भाव अभिवृद्धिमा सहयोग प्राप्त भइरहेको देखिएको छ।’ उनले आर्थिक र अपराधका घटना बढ्दै गएको, लागुऔषध दुरूपयोग बढ्दै गएको, आत्महत्या उल्लेख्य बढेको र बेला–बेलामा हुने राजनीतिक द्वन्द्वका घटनाले सुरक्षा चुनौती बढाएको बताए।

कोसी प्रदेशमा विपद् व्यवस्थापन मुख्य सुरक्षा चुनौतीका रूपमा देखिएको पनि भट्टराईले बताए। उनले विपद् व्यवस्थापनका लागि चौबिसै घण्टा क्रियाशील हुनेगरी संघमा कमान्डो फोर्स गठन गरिएको जानकारी दिए। उनले औसतभन्दा यो वर्ष धेरे वर्षा हुने पूर्वानुमान गरिएका कारण बाढीपहिरोजस्ता विपद्का घटना पनि यो वर्ष बढ्नेतर्फ गृह मन्त्रालय संवेदनशील रहेको बताए। 

गोष्ठीमा सुरक्षा निकायका प्रमुखहरू र कोसी प्रदेशका १४ वटै जिल्ला तथा प्रदेशस्तरीय कार्यालयका नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धन कार्यालयका प्रमुखको सभागिता रहेको थियो।

प्रकाशित: २९ जेष्ठ २०८१ ०७:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App