२० असार २०८१ बिहीबार
image/svg+xml
समाज

बटसावित्री पर्व (तस्बिरहरू)

तस्बिर: उपेन्द्र लामिछाने/नागरिक

गुह्येश्वरीस्थित बाग्मती नदिको किनारमा रहेको वरको पिपललाई धागोले बेर्दे बटसावित्री पर्व मनाउँदै राजधानीमा बस्दै आएका मधेसी महिला।

ज्येष्ठ कृष्ण औँसीका दिन अटल सौभाग्यको कामना गर्दै मनाइने यो पर्व मिथिलानी (मिथिलाका नारी) ले धूमधामका साथ मनाउने गर्छन्।

सत्ययुगमा सती सावित्रीले आफ्नो तपस्या र साधनाले आजकै दिन अटल सौभाग्यको वरदान पाएको विश्वासका आधारमा यो पर्व मनाउने मैथिल परम्परा छ।

ज्येष्ठ कृष्ण चतुर्दशीका दिन चोखोनितो खाई व्रत सङ्कल्प गरेपछि औँसीका दिन निराहार व्रत बसेर आफ्नो बस्ती नजिकको वट वृक्ष (वरको रुख) फेदमा व्रतालु मिथिलानीले सामूहिक रूपमा सावित्रीलाई सम्झँदै ब्रह्मा, विष्णु र महेशसहितका इष्टदेवको पूजा आराधना गर्दै यो पर्व मनाउँछन्।

तस्बिरहरुः उपेन्द्र लामिछाने/नागरिक

प्रकाशित: २४ जेष्ठ २०८१ १५:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App