२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

आगलागीमा ३१ जनाको मृत्यु, १११ घाइते

लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको अहिलेसम्म भएका आगलागीका घटनामा ३१ जनाको मृत्यु भएको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार प्रदेशका १२ जिल्लामा भएका १३ सय २३ आगलागीका घटनामा ३१ जनाको मृत्यु भएको हो भने १११ जना घाइते भएका छन्।

तथ्यांकअनुसार १० महिनाको अवधिमा आगलागीमा १४ महिला, १० पुरुष र सात बालबालिकाको मृत्यु भएको छ। सबैभन्दा बढी गुल्मी र बर्दियामा ७-७ जनाको मृत्यु भएको छ।

गुल्मीमा तीन पुरुष, तीन महिला र एक बालकसहित सात जनाको मृत्यु भएको छ भने बर्दियामा एक पुरुष, तीन महिला र तीन बालबालिकासहित सात जनाको मृत्यु भएको छ। यसैगरी दाङ र रूपन्देहीमा ४-४ जनाको मृत्यु भएको छ। दाङमा एक पुरुष र तीन महिला चार जना र रूपन्देहीमा दुई पुरुष र दुई महिला चारजनाको मृत्यु भएको छ।

यसै पाल्पामा एक पुरुष, एक महिला र बालबालिका एक तीनजनाको मृत्यु भएको छ। अर्घाखाँचीमा एक पुरुष र बालबालिका एक दुई जना, प्युठानमा एक महिला, एक बालबालिका दुईजना, रोल्पामा एक महिला, कपिलवस्तुमा एक पुरुषको आगलागीमा परी मृत्यु भएको छ।

गत साउन १ गतेदेखि अहिलेसम्मको प्रहरी तथ्यांकअनुसार आगलागीका घटनामा १११ जना घाइते भएका र यीमध्ये सबैभन्दा बढी ५२ जना पुरुष घाइते भएका छन्। यसै ३५ महिला र २४ बालबालिका घाइते भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। आगलागीमा सबैभन्दा बढी गुल्मीमा ३८ जना घाइते भएका छन्।

गुल्मीमा १५ बालबालिका, १० महिला र १३ पुरुष ३८ जना घाइते भएका हुन्। यसै रूपन्देहीमा पुरुष १४ र महिला चार १८ जना घाइते भएका छन्। यसै दाङमा १० महिला, दुई बालबालिका र एक पुरुष गरी १३ जना घाइते भएका छन्।

यस्तै रुकुम पूर्वमा नौ महिला, एक पुरुष र बालबालिका १११ जना, अर्घाखाँचीमा एक पुरुष, नवलपरासी (पश्चिम) मा तीन महिला, तीन पुरुष र दुई बालबालिका गरी आठ जना, पाल्पामा दुई पुरुष, प्युठानमा एक महिला, बर्दियामा तीन पुरुष, तीन महिला र दुई बालबालिका गरी आठ जना घाइते भएका छन्।

यसैगरी बाँकेमा एक पुरुष, एक महिला र दुई बालबालिका गरी चार जना, रोल्पामा तीन पुरुष, कपिलवस्तुमा दुई महिला र दुई पुरुष गरी चार जना घाइते भएका छन्।

यसैगरी आगलागीमा ८३७ पशुचौपाया मरेका छन्। सबैभन्दा बढी कपिलवस्तुमा १४६, प्युठानमा १३२, गुल्मीमा १०७, अर्घाखाँचीमा १०१ र पाल्पामा ८४ पशुचौपाया जलेर मरेका छन्। यसैगरी बाँकेमा ८३, रूपन्देहीमा ५८, दाङमा ४७, रोल्पामा ३१, बर्दियामा २६, नवलपरासीमा २१ र रुकुम पूर्वमा एउटा पशुचौपाया मरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। यसैगरी आगलागीमा परी २०९ पशुचौपाया घाइते भएका छन्।

यसैगरी यो अवधिमा आगलागीबाट ८०३ घर र ६१० गोठ जलेका छन्। सबैभन्दा बढी कपिलवस्तुमा १६५ घर र ८२ गोठ जलेका छन्। रूपन्देहीमा १५१ घर र ७१ गोठ जलेका छन्। अर्घाखाँचीमा ६२ घर र ९१ गोठ, गुल्मीमा ७४ घर र ८४ गोठ जलेका छन्।

यसैगरी नवलपरासीमा ४६ घर र १५ गोठ, पाल्पामा ३५ घर र ५६ गोठ, प्युठानमा ६१ घर र ९९ गोठ, बर्दियामा २२ घर र १९ गोठ जलेका छन्। यसैगरी बाँकेमा ६१ घर र १३ गोठ, रुकुम पूर्वमा पाँच घर र दुई गोठ, रोल्पामा ४४ घर र ३० गोठ र दाङमा ७७ घर र ४८ गोठ जलेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

यसैगरी यो अवधिमा आगलागीमा परी सरकारी संरचनासमेत जलेका छन्। प्रदेश प्रहरी कार्यालयका अनुसार १९ सरकारी संरचनासमेत जलेका छन्। आगलागीबाट बाँकेमा ११, गुल्मीमा चार, प्युठानमा दुई, रुकुम पूर्वमा एक र दाङमा एक सरकारी संरचना जलेका छन्।

आगलागीबाट प्रदेशमा ७० करोड बढी क्षति भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। अन्दाजी क्षति भन्दै तथ्यांक उल्लेख गरेको प्रदेश प्रहरी कार्यालयले प्रदेशमा १० महिनाको अवधिमा ६९ करोड, ९१ लाख, ८४ हजार, २६९ रूपैयाँबराबरको क्षति पुगेको जनाएको छ। जिल्लागत विवरणअनुसार सबैभन्दा बढी रूपन्देहीमा १७ करोड ८४ लाख १० हजार रूपैयाँबराबरको क्षति आगलागीबाट भएको छ।

यसैगरी कपिलवस्तुमा १३ करोड ५८ लाख ५३ हजार आठ सय रूपैयाँबराबरको क्षति भएको छ। यसैगरी दाङमा सात करोड ९१ लाख १६ हजार दुई सय, अर्घाखाँचीमा पाँच करोड ४१ लाख ६१ हजार रूपैयाँ, बाँकेमा पाँच करोड २१ लाख ९१ हजार ३४४, गुल्मीमा चार करोड ४४ लाख ३९ हजार पाँच सय रूपैयाँ, नवलपरासीमा चार करोड ३२ लाख ९६ हजार ४७५ रूपैयाँबराबरको क्षति भएको छ।

पाल्पामा एक करोड ८२ लाख ९८ हजार पाँच सय रूपैयाँ, प्युठानमा दुई करोड ७३ लाख २८ हजार ७५०, बर्दियामा दुई करोड ९५ लाख ३५ हजार आठ सय, रोल्पामा तीन करोड २१ लाख ३८ हजार र रुकुम पूर्वमा ४४ लाख १४ हजार नौ सय रूपैयाँबराबरको क्षति आगलागीबाट भएको छ।

प्रहरीका अनुसार यो अवधिमा सबैभन्दा बढी रूपन्देहीमा २५४ वटा आगलागीका घटना भएका छन्। यसैगरी गुल्मीमा १८३, अर्घाखाँचीमा १३०, प्युठानमा १३७, दाङमा ११८, कपिलवस्तुमा १०५, रोल्पामा ७८, बाँकेमा ९९, बर्दियामा ८०, नवलपरासीमा ६४, पाल्पामा ५१ र रुकुम पूर्वमा २४ वटा आगलागीका घटना भएका छन्।

प्रकाशित: १९ जेष्ठ २०८१ ०८:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App