२० असार २०८१ बिहीबार
image/svg+xml
समाज

जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

सुर्खेत-दैलेख सडकखण्ड अन्तरगत सुर्खेतको वीरेन्द्रनगर-१४ स्थित रातानाङ्गलामा आज बिहान बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार भे १ च २५६० नम्बरको जीप दुर्घटनामा परेको हो।

दुर्घटनामा परी मृत्यु भएकाहरुको पहिचान खुल्न सकेको छैन।

दुर्घटनामा घाइते दुई जनालाई उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत लगिएको छ।

जीप सडकबाट करिब ३ सय मिटर तल खसेको बताइएको छ।

प्रकाशित: १७ जेष्ठ २०८१ ०६:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App