१८ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

चुनावी तालमेल निश्चित छैन्: महामन्त्री थापा

सुर्खेतको विरेन्द्रनगरमा आयोजित पत्रकार भेटघाटमा बोल्दै काँग्रेस महामन्त्री गगन थापा। तस्बिर: गोविन्द/नागरिक

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले वीरेन्द्रनगरमा आयोजित पत्रकार भेटघाटमा गठबन्धनबीच चुनावी तालमेल हुने निश्चित नभएको बताएका छन्। गठबन्धनमा आवद्ध दलहरुले चुनावी तालमेल हुन्छ भनेर भन्दैमा नहुँने थापाले बताएका हुन्।  

गठबन्धन एक भएर चुनावमा जाने कुरा काँग्रेसको निर्णय गर्ने आफ्नै प्रकृया भएकाले माओवादी अध्यक्ष प्रचण्डलाई संकेत गर्दै अरुले बोल्दैमा गठबन्धन एक भएर चुनावमा तालमेल गर्ने  थापाले बताए। केही दिअघि विरेन्द्रनगरमा माओवादी अध्यक्ष प्रचण्डले तल्लो तहका नेताहरुले बोल्दैमा तालमेल नरोकिने बताएका थिए। पार्टीका मतदाताहरुको मनोविज्ञान र हाम्रो आफ्नै तागतका आधारमा काँग्रेस एक्लै चुनाव लड्नुपर्ने एक थरिको मतहरु जवरजस्ती पार्टीमा रहेको महामन्त्री थापाले बताए। 

‘स्थानीय तहको चुनाव भएकाले बैंठकबाट स्थानीय तहका कुराहरु सुनेर पार्टीबाट निर्णय हुनुपर्छ र हुन्छ।’ महामन्त्री थापाले भने, पार्टीभित्र दुई खाले लाईन भएकाले खुल्ला छलफल हुन्छ। भित्र बाहिर र खुल्ला छलफल हुन्छ सवैको कुराहरु सुनेर मत निर्माण गर्ने कोशिस गछौं। अनि एउटै मत बनाएर चुनावमा तालमेल गर्ने नगर्ने मतका आधारमा निश्चित हुन्छ।’  

तालमेल गर्ने कि नगर्ने भनेर चैत्रको दोस्रो साता पार्टी बैंठक बसेर निर्णय लिईने थापाले बताए। अरु पार्टीका नेताले बोल्दैमा तालमेल हुँदैन्। उनले भने, पार्टीभित्रको बैठकबाट एकमत भएमा हुन सक्छ।’ जनतासंग जोडिएका खासखास मुद्दाहरुलाई पार्टीको चुनावी एजेण्डा बनाउने र त्यसको लागि एजेण्डा मात्र होईन काम गर्ने गरि एउटका टिम डेढ वर्षदेखि लागिरहेको थापाले बताए। 

५ वर्षभित्र गर्न सकिने कामहरु मुख्य एजेण्डा बनाईने छ। कुन कुन क्षेत्रमा केके गर्ने भनेर एउटा टिमले काम गरिरहेको थापाको भनाई छ। ‘विगतमा ज्ञान अभाव हुँदा पटक पटक चुकेका कारण अव मौका पाए देश बदल्ने हुटहुटी छ।’ थापाले भने, 'एमसीसीबारे सरकारमा हुँदा एउटा प्रतिपक्षमा हुदाँ अर्को बोल्नेहरु यसपालीबाट परास्त भएका छन्।५ वर्षमा एमसीसीको पक्ष र विपक्षमा बोल्नेहरु को सहि को गलत सावित हुन्छन्।’

प्रकाशित: २९ फाल्गुन २०७८ ०७:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App