२० असार २०८१ बिहीबार
image/svg+xml
अर्थ

नवविवाहितलाई बुद्ध एयरको हवाई टिकट सित्तैमा

बुद्ध एयरले नवविवाहित चार जोडीलाई काठमाडौं–पोखरा रुटमा दुइतर्फी हवाईटिकट निशुल्क उपलब्ध गराउने भएको छ।  

बुद्ध एयरको उडानपछि बेहुला बेहुलीले एयरलाइन्सको सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, ट्वीटरमा तस्विर ट्याग वा शेयर गरेको हुनुपर्ने एयरलाइन्सले बताएको छ। यसरी शेयर गरिएको मध्ये चार जोडीलाई बुद्ध एयरले काठमाडौं–पोखरा–काठमाडौं रुटको टिकट उपहार स्वरुप प्रदान गर्ने एयरलाईन्सको विज्ञप्तीमा उल्लेख छ।  

‘विहेकै पहिरनमा बेहुला बेहुलीको उडान हुनुपर्ने र त्यो उडानको क्रममा कैद गरेको तस्बिर एयरलाईन्सलाई सामाजिक सञ्जालमा पोष्ट हुनुपर्नेछ। यसरी पोष्ट भएकोमध्ये चारजोडीलाई यो उपहार दिइनेछ,’ एयरलाइन्सले भनेको छ।  

बुद्ध एयरले अहिले पोखरा–काठमाडौं रुटमा दिनमा १७ वटा उडान गरिरहेको छ। बुद्धले पोखरा–काठमाडौं बाहेक पोखराबाट भरतपुर, भैरहवा र नेपालगञ्ज पनि नियमित उडान गरिरहेको छ। बुध्द एयरले हालैमात्र १८ औं जहाज भित्र्याएको छ।  

प्रकाशित: १८ असार २०८१ १२:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App