२० असार २०८१ बिहीबार
image/svg+xml
राजनीति

गठबन्धन उलटफेरबीच प्रधानमन्त्री दाहाल कांग्रेस केन्द्रीय कार्यालयमा (तस्बिरहरु)

प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा पुगेका छन्।

कांग्रेस र एमालेबीच सत्ता साझेदारी गर्ने सहमति भएपछि राष्ट्रिय राजनीति तरङ्गित भइरहेका बेला मंगलबार प्रधानमन्त्री दाहाल कांग्रेसको कार्यालय पुगेका हुन्।

सानेपामा पूर्व प्रधानमन्त्री स्व। गिरिजाप्रसाद कोइरालाको जन्म शताब्दीका अवसरमा कांग्रेसले विभिन्न कार्यक्रम गरिरहेको छ। सोही कार्यक्रम अवलोकन गर्न प्रधानमन्त्री दाहाल सानेपा पुगेका हुन्।

सानेपामा कांग्रेसले कोइरालाको जन्म दिवसका अवसरमा मंगलबार ‘क्रान्तिदेखि शान्तिसम्म’ शीर्षकमा जन्म शताब्दी मनाइरहेको छ। जहाँ कोइरालासँग सम्बन्धित १५१ भन्दा बढी तस्बिरहरू प्रदर्शनीमा राखिएका छन् भने केही प्यानल डिस्कसनहरू भइरहेका छन्।

तस्बिर प्रदर्शनीबाहेक कांग्रेसले तीन वटा बहस कार्यक्रम पनि राखेको छ। ‘क्रान्तिदेखि शान्तिसम्म’, ‘समुन्नतिको दोस्रो जग’जस्ता शीर्षकमा बहस भइरहेका छन्।

प्रकाशित: १८ असार २०८१ १४:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App