२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

समस्याग्रस्त २९ वटै सहकारीका सञ्चालकलाई उपस्थित हुन छानबिन समितिको निर्देशन

सहकारी संस्था बचत तथा रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले समस्याग्रस्त २९ वटै सहकारी सञ्चलकलाई समितिमा उपस्थित हुन निर्देशन दिएको छ।

बिहीबार सिंहदरबारमा बसेको संसदीय छानबिन विशेष समितिले अनुसूचीमा रहेका २९ वटै सहकारीका सञ्चालकलाई समितिमा उपस्थित भई अनुसन्धानमा सहयोग गर्न आग्रह गरेको हो।

समितिको बैठकबारे जनकारी गराउँदै समितिका संयोजक सूर्यबहादुर थापाले अनुसूचीमा रहेका २९ वटै सहकारीलाई छानबिनको दायरामा, समन्वय, सम्पर्कमा, समितिको अनुसन्धानमा उपलब्ध भएर सहयोग आग्रह गरेको बताए।

उनले सहकारी सञ्चालकहरुलाई कानुनअनुसार उपस्थित हुन आग्रह गरेको भन्दै उपस्थित नभए कानून बमोजिम नै कारबाही हुने चेतावनी दिए। समितिले गृह सचिव, प्रहरी महानिरीक्षकसहितलाई समेत शुक्रबार बस्ने बैठकमा उपस्थित हुन आग्रह गरेको उनकाे भनाइ थियाे।

बिहीबारको बैठकमा महालेखापरीक्षक तोयम राय, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका प्रमुख, महानिर्देशक कमलप्रसाद भट्टराई र सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेसहितका अधिकारीलाई बोलाएर सहकारी प्रकरणबारे जानकारी लिएको पनि संयोजक थापाले जनाकारी दिए।

प्रकाशित: २० असार २०८१ १५:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App