२० असार २०८१ बिहीबार
image/svg+xml
राजनीति

फेरिँदै सत्ता गठबन्धन, ओलीलाई प्रधानमन्त्री बनाउन कांग्रेस सहमत

फाइल तस्बिर।

कांग्रेसले एमाले नेतृत्वमा सरकार गठनलाई समर्थन गर्ने सहमति भएको छ। 

राष्ट्रिय सहमतिको सरकार बनाउन नेकपा (एमाले) का अध्यक्ष केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संयुक्त आह्वान गर्ने छन्।

संविधान संशोधन र नागरिकका निराशा चिर्ने गरी कांग्रेस र एमालेबिच गठबन्धन गर्ने सहमति बनेको स्रोतले बताएको छ।

स्रोतका अनुसार कार्यदलस्तरमा काम टुंगिसकेको छ । आजै कांग्रेस सभापति शेरबहादुर देउवा र केपी शर्मा ओलीले समझदारीमा हस्ताक्षर गर्ने तयारी गरिएको स्रोतको दाबी छ। हाल देउवा र ओलीबीच  छलफल चलिरहेको छ। यस छलफलले सहमतिलाई अन्तिम रूप दिने बताइएको छ।

राष्ट्रिय सहमतिको नयाँ सरकारमा नेपाली कांग्रेसले १०, प्रधानमन्त्रीसहित नेकपा एमालेले ९ मन्त्रालय लिने सहमति बनेको स्रोतले जनायो।

संविधान संशोधनका लागि आवश्यक पर्ने दुई तिहाइ बहुमतको संख्या १७ कम छ। जसका लागि बाँकी ६ मन्त्रालय अन्य दललाई छुट्टाइएकाे छ।

प्रकाशित: १७ असार २०८१ २२:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App