२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

वित्तीय हस्तान्तरण गरिएका कार्यक्रम कार्यान्वयनका लागि प्रदेश तहको समन्वय प्रणाली विकास गर्नुपर्छ: मन्त्री चौधरी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले मन्त्रालयको कार्यक्षेत्र भित्र पर्ने महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका र यौनिक अल्पसङ्ख्यक, लैङ्गिक अल्पसङ्ख्यक, अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्था परिचालन र नियमन सम्बन्धी सबै क्षेत्रहरू समेट्ने गरी समेत बजेट ल्याएको दाबी गरेकी छिन्। 

सोमबारको प्रतिनिधि सभाको बैठकमा मन्त्रालयको आगामी वर्षको बजेट विनियोजन शिक्षकअन्तर्गत बोल्दै उनले यस्तो कुरा बताएकी हुन। उनले राज्यको अनिवार्य दायित्व भित्र पर्ने संवेदनशील मानिने बाल सुधार गृहको स्थापना, सञ्चालन,महिला हिंसा, मानव बेचबिखन तथा ओसारपसार, पीडित र प्रभावितको लागि सेवा केन्द्र स्थापना लगायतका क्षेत्रमा पनि उचित बजेट विनियोजन गरेको बताइन।

उनले अपाङ्गता भएका व्यक्तिहरूको पुनः स्थापना केन्द्र सञ्चालन, ज्येष्ठ नागरिकको लागि मिलन केन्द्र, ज्येष्ठ नागरिक दिवस सेवा केन्द्र, वृद्धाश्रम सञ्चालनको लागि मन्त्रालयले प्राप्त गरेको बजेट सीमाभित्र रहेर पर्याप्त बजेट विनियोजन गरेको बताइन । मन्त्री चौधरीले महिला सशक्तीकरण एवं अपाङ्गता भएका व्यक्तिहरूका लागि विभिन्न लक्षित कार्यक्रम सञ्चालनका लागि मन्त्रालयले प्राथमिकताका साथ बजेट विनियोजन भएको दाबी गरिन । 

उनले वित्तीय हस्तान्तरण गरिएका कार्यक्रम कार्यान्वयनका लागि प्राथमिकतामा कार्यान्वयन गर्न स्थानीय र प्रदेश तहको समन्वय प्रणाली विकास गर्नुपर्ने अवस्था रहेको बताइन। उनले  राष्ट्रपति महिला उत्थान कार्यक्रम परियोजनाअन्तर्गत दुर्गम क्षेत्र, गर्भवती तथा सुत्केरी महिला हवाई उद्धार गर्ने कार्यक्रमले सकारात्मक परिणाम दिएको बताइन।

उनले प्रधानमन्त्री छोरी आत्मनिर्भरता कार्यक्रम आगामी आर्थिक वर्षमा अपेक्षाकृत बजेट विनियोजन प्रश्ताव नभए पनि आगामी आर्थिक वर्षमा बजेट विनियोजन हुने आशा राखेको बताइन।

मन्त्री चौधरीले कार्यक्रम कार्यान्वयन, प्रभावकारिता, अनुगमन, सहजकर्ता समेतका लागि मन्त्रालयको उद्देश्य प्राप्तिका लागि बजेट निश्चित स्थानमा विनियोजन गरेको दाबी गरिन । 

प्रकाशित: १० असार २०८१ १५:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App