२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

विकासका लागि सबै पार्टी एकै हुन्: उपसभापति पूर्णबहादुर खड्का

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सबै राजनीति दलहरूको लक्ष्य जनताको सेवा भएकाले विकास निर्माणमा राजनीति दलहरूबीच विवाद नरहेको बताएका छन्।

उनले सबै राजनीति दलहरूले मिलेर ल्याएको  बजेट सदुपयोग गर्नुपर्ने बताए।‘विकासका लागि सबै पार्टी एकै हुन्, बाटो बनाउने, बिजुली ल्याउने, सिँचाइ बनाउने, विद्युतीकरण ल्याउने काम पार्टीको हो,’ चिंगाड गाउँपालिका र लेकवेशी नगरपालिका जोड्ने ट्रस पुलको बुधबार उद्घाटन गर्दै उनले भने, ‘राजनीतिक कारण र दर्शनले पार्टी फरक भए पनि विकासका लागि सबैको पार्टी एउटै हो।’

उपसभापति खड्काले विकास निर्माणमा यो खालको ध्यान सबै जनप्रतिनिधिहरूको हुन आवश्यक रहेको बताए।उपसभापति खड्काले सबै राजनीति दलको लक्ष्य जनताको सेवा, समृद्धि, समुन्नति, उन्नति र प्रगति भएको बताए ।‘त्यसमा कुनै राजनीति दलको विवाद छैन । जनताको खुश दुखमा, समृद्धिमा, सम्मुनतिमा, उन्नति प्रगतिमा राजनीतिक दलहरूबीच कुनै विवाद छैन,’ उनले भने, ‘सबै एकताबद्ध भएर आएको बजेट सदुपयोग गर्न, गुणस्तरीय काम गर्नतर्फ लाग्नुपर्छ।‘

सामुदायिक विद्युतीकरण विद्युत प्राधिकरणलाई हस्तान्तरण गर्न स्थानीय तहसँग आग्रह गरे । उनले सुर्खेतलाई पूर्ण विद्युतीकरण गर्ने गरेर बजेटको व्यवस्था गरिएको बताए। ‘सिम्ता र चिंगाङ गाउँपालिकामा सामुदायिक विद्युतीकरणका कारण विद्युत प्राधिकरणलाई काम गर्न समस्या भएको छ,’ उनले भने, ‘चाँडो विद्युतीकरणका लागि सामुदायिक विद्युतीकरण विद्युत प्राधिकरणलाई हस्तान्तरण गर्न आवश्यक छ।’ उनले सामुदायिक विद्युतीकरणका कारण जनताले महँगो शुल्क तिर्न परिरहेको बताए।

उपसभापति खड्काले चिंगाडको तिरैतिर भएर जाने गंगगे आरनटुडा ढाडखेतमटेला थाला भ्युसा जाजरकोट सडकको स्तरोन्नतिका लागि काम भइरहेको बताए। ‘चिंगाडका जनतालाई प्रदेश राजधानी जानका लागि यो सडक महत्त्वपूर्ण छ,’ उनले भने, ‘त्यसैले पहिलो प्राथमिकतामा राखेर काम भइरहेको छ।’

प्रकाशित: ५ असार २०८१ १६:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App