२४ असार २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

स्वास्थ्य सेवा विभागमै डेंगु सार्ने लामखुट्टेको लार्भा भेटियो

आमनागरिकलाई स्वास्थ्य सचेतना दिने र व्यवस्थापन गर्ने सरकारी निकाय स्वास्थ्य सेवा विभागकै हाताभित्र डेङ्गु सार्ने लामखुट्टेको लार्भा पाइएको छ । शुक्रवार बिहान इन्टोमोलोजिष्टको सहितको समुहले खोजी गर्ने क्रममा विभाग हाताभित्र यस्तो लामखुट्टको लार्भा भेटिएको हो ।  

विश्व स्वास्थ्य संगठनवाट विभाग पुगेका इन्टोमोलोजिष्ट शिशिर पन्तको समूहले उक्त लार्भा भेटेपछि बट्टामा संकलन गरी राखेका छन् । लार्भाको जीवनचक्र हेर्नको लागि उनले पानीसँगै जालीमा छोपेर राखेका हुन । उनका अनुसार लार्भा विभागको बाहिरै राखिएको टायर, फोहोरजन्य सामाग्रीको बट्टा र रुखमुनि रहेका खाली बट्टाहरुमा पाइएको नागरिकलाई बताए ।  

स्वास्थ्य सेवा विभागमा भेटिएको एडिस प्रजातिको लामखुट्टको लार्भा । तस्बिर: पवित्रा सुनार/नागरिक

स्वास्थ्य सेवा विभागमा एडिस प्रजातिको लामखुट्टको लार्भा भेटिनु भनेको पुरैै काठमाडौ उपत्यकामा छिट्टै डेंगु फैंलिने संकेत भएको उनले बताए । इपिडिमालोजी विभागले गत वर्षको चैतमा गरेको सर्वेक्षणमा पनि काठमाडौ उपत्यकाका तीनै जिल्लामा एडिस लामखुुट्टेको लार्भा भेटिएको थियो । ‘काठमाडौं उपत्यका उच्च जोखिममा छ’ उनले भने ।

 उपत्यकामा ड्रम, बाल्टिन तथा अन्य भाँडाहरुमा पानी जम्मा गरेर धेरै दिन राख्ने चलनको कारण पनि यो लामखुट्टेले जीवनचक्र चलाउन अनुकुल वातवरण पाएको उनले बताए । 

प्रकाशित: २१ असार २०८१ १६:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App