२० असार २०८१ बिहीबार
image/svg+xml
राजनीति

रास्वपा नेताको असन्तुष्टि: नयाँ व्यक्ति र दललाई खिसिट्युरी गर्ने !

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य गणेश कार्कीले पुराना दलले नयाँ दललाई गरेको व्यवहारलक्षित असन्तुष्टि व्यक्त गरेका छन्। एक्स (ट्विटर) मा एक अभिव्यक्ति सार्वजनिक गर्दै उनले असन्तुष्टि पोखेका हुन्।

‘लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र भन्ने अनि नयाँ आएका व्यक्ति र दललाई बिचार हीन र पपुलिस्ट भनेर खिसिट्युरी गर्ने,’ कार्कीले लेखेका छन्, ‘कुन किसिमको लोकतन्त्रको वकालत हो यस्तो, जहाँ कुनै स्थायी विचार बोकेकै छ भन्नै पर्ने ? दलमा लागेकै हुन पर्छ भन्ने सोच्ने ?’

उनले अगाडि ‘कुनै स्थायी विचारको अधीन नभई कर्ममा साक्षीभाव हुनु भन्दा लोकतान्त्रिक अर्को के हुन्छ ?’ भनेर प्रश्न गरेका छन्।

प्रकाशित: ३१ जेष्ठ २०८१ १५:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App