२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

‘माधव नेपाल कसैसँग झुक्ने मान्छे होइन’

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफू प्रधानमन्त्रीका लागि २४ घन्टा सोचेर नबस्ने बताएका छन्। पोखरामा पत्रकारहरूसँग कुरा गर्दै उनले पहिले पनि आफू परिस्थितिबाट प्रधानमन्त्री बनेको बताए।

‘प्रधानमन्त्री मैले कसैसँग मागेर लिएको होइन, परिस्थितिले निर्माण गरेको हो। हिजो गिरिजाप्रसाद कोइरालाले अफर गर्नुभयो‘, उनले भने, ‘माधव नेपाल कसैसँग झुक्ने मान्छे होइन। देशीविदेशी कुनै शक्तिले मलाई डोमिनेट गर्ने कुरा नसोचे हुन्छ। प्रधानमन्त्री बन्छु कि बन्दिनँ भनेर २४ घन्टा सोचेर बस्दिनँ।’

नेपालले प्रतिगमनकारी शक्तिहरूले टाउको उठाउन खोजे पनि संविधान कसैले उल्ट्याउन नसक्ने उनले बताए।

‘अहिले पनि प्रतिगमनकारी शक्तिहरू छन्। परिवर्तन उल्ट्याउने सोच बनाइरहेका छन्। परिवर्तनबाट नेपाली समाज पछाडि जान सक्दैन, उनले भने,‘संविधान संशोधन गर्नुपर्नेछ भने गरौँ तर यसलाई उल्ट्याउने कुरा कल्पना पनि नगरे हुन्छ।’

उनले समाजवादी मोर्चालाई नयाँ ढङ्गले अघि बढाउन चाहेको बताए। ‘समाजवादी मोर्चा नयाँ ढङ्गले अघि बढाउन चाहिरहेका छौं। प्रचण्डजीले प्रक्रिया अगाडि बढाउन आग्रह गरेका छन्।

‘विभिन्न घटक र समूहरुसँग कुरा भएको छ। ५ वटा घटक एक ठाउँमा हुन तयार छन्। उपेन्द्र यादवलाई पनि ल्याउन खोजेका छौँ। एमालेलाई पनि सामेल गर्न खोजेको हो, आउन चाहेको छैन‘, उनले भने।

प्रकाशित: ३० जेष्ठ २०८१ १०:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App