२० असार २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘रवि, बालेन र हर्कलाई हाम्रो बलिदानको संविधानले जन्माएको हो’

नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभा सदस्य झक्कुप्रसाद सुवेदीले जनता पुराना पार्टीसँग रिसाएर नयाँ राजनीतिक दल आएको भन्नेकुरा सत्य नभएको बताएका छन्।

मंगलबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो तथ्यलाई अहिले हल्लाले छोपेको जिकिर गरे।

उनले पुराना पार्टीप्रतिको निराशाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको उदय भएको नभई नयाँ संविधानले उनीहरुलाई जन्माएको बताए।

‘बालेन, हर्क र रविहरु नयाँ संविधानले जन्माएका हुन्। यदि यो संविधान हाम्रो त्यति ठूलो बलिदानबाट, कुवार्नीबाट आउँदैन थियो भने रवि, बालेन र हर्कहरुको यहाँ उपस्थिति देखिँदैन थियो।’ उनले भने।

प्रकाशित: २९ जेष्ठ २०८१ १४:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App