२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रतिनिधि सभाको बैठक आज बस्दै

प्रतिनिधि सभाको बैठक आज बस्दै छ। सङ्घीय संसद भवन नयाँ बानेश्वमा बस्ने आजको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।

संसद सचिवालयका अनुसार आजको बैठकमा अर्थ मन्त्री वर्षमान पुनले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

त्यस्तै आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुनेछ।

लामो समयदेखि अवरुद्ध हुँदै आएको संसद अब नियमित सञ्चालन हुने विश्वास गरिएको छ।

प्रकाशित: २० जेष्ठ २०८१ ०७:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App