२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

आगामी आवमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा हुन्छः मन्त्री तामाङ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले सरकारले लिएको आगामी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा हुने बताएका छन्।

बुधबार काठमाडौंमा आयोजित ७१औं सगरमाथा दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो कुरा बताएका हुन्।

उनले लक्ष्य पूरा गर्न पर्वतारोहणसँग सम्बन्धित विभिन्न संघसंस्था, सहयोगी, पर्यटन व्यवसायीलगायत सबैसँग समन्वय र सहकार्यकाे आवश्यकता रहेको उनको भनाइ छ।

उनले भने, ‘हिमाल जोगाऔँ मानव बचाऔँ, नेपालको पहिचान साहसी सान भन्ने नारासहित नेपाल सरकारको बजेटमै आगामी वर्ष नेपालमा १६ लाख पर्यटकको आगमनको लक्ष्य निर्धारण गरिएको छ।्योर

लक्ष्य पूरा गर्नका निमित्त पर्वतारोहणसँग सम्बन्धित विभिन्न संघसंस्था, सहयोगी, पर्यटन व्यवसायीहरु सबैसँग समन्वय गरेर सहकार्य गरेर  आपसमा विश्वासको वातावरण सिर्जना गरेर सरकारले राखेको लक्ष्य पूरा गर्न लागि पर्नेछौँ । त्यो लक्ष्य पूर्ण रुपमा सफल हुनेछ।’

यस्तै, मन्त्री तामाङले विश्वभर तापक्रम वृद्धिलगायत हिमाली क्षेत्रमा बढ्दो मानवीय र वातावरणमा नकारात्मक प्रभाव सन्तुलन कायम गर्न मन्त्रालयले सगरमाथा आधार शिविरको समग्र अध्ययनका लागि एक समिति गठन गरेको बताए। समितिले चाँडै उपयुक्त निकाससहित सरकारलाई प्रतिवेदन पेस गर्ने विश्वास व्यक्त गरे।

प्रकाशित: १६ जेष्ठ २०८१ १२:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App