२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

नेकपा एस फुट्दैन, मधेसमा जसपा नेपाललाई साथ रहन्छः नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी नफुट्ने दाबी गरेका छन्।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहीबार पत्रकार सम्मेलन गर्दै नेपालले नेकपा एस फुटाउनु सहज नरहेको बताएका हुन्।  

‘नेकपा एकीकृत समाजवादीलाई फुटाउनु सजिलो छैन । सबै सांसदहरू एकतावद्ध भएर अघि बढ्नुपर्ने निर्णयसहित काम अघि बढिरहेका छौं,’ अध्यक्ष नेपालले भने।

यस्तै मधेस प्रदेश सरकारका हकमा जनता समाजवादी पार्टी ९जसपा० नेपाललाई सहयोग गरिरहेको अध्यक्ष नेपालले स्पष्ट पारे।  

उनले भने, ‘मधेस प्रदेशमा जनता समाजवादी पार्टी, नेपालसँग सहकार्य रहीरहेकाले त्यसलाई ध्यानमा राखेर मधेस सरकारमा संलग्नता कायम राख्दै अघि बढिरहेका छौँ।’ जसपा नेपाल फुटेपछि समाजवादी मोर्चामा संकट निम्तिएको पनि उनले बताए।

प्रकाशित: ३ जेष्ठ २०८१ १३:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App