२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

आगामी अधिवेशनमा समितिमा रहेका विधेयकहरु टुङ्गोमा पुर्‍याउन आवश्यक छः मन्त्री शर्मा

फाइल तस्बिर

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आगामी संसद अधिवेशनमा समितिमा रहेका विधेयकहरु टुङ्गोमा पुर्‍याउन आवश्यक रहेको बताएकी छिन्।

सोमवार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सार्वजनिक सेवा प्रशारण विधेयकको सम्बन्धमा भएको छलफलमा बोल्दै सञ्चार मन्त्री शर्माले यस्तो बताएकी हुन्।

उनले सरकारले संसद अधिवेशनमा धेरै अन्य विधेयकहरु पेश गर्ने तयारी रहेको बताइन्। उनले माघ २२ गते सरकारले हिउँदे अधिवेशन बोलाएकाले समितिमा विचाराधिन रहेको धेरै भन्दा धेरै विधेयक पेश गर्ने तयारी गरिरहेको बताइन्। उनले उन्नत स्तरको स्वतन्त्र र जनउत्तरदायी सरकारी मिडिया बनाउन रेडियो नेपाल र नेपाल टेलिभिजनलाई मर्ज गर्ने गरी विधेयक आएको बताइन्।

सरकारको उद्देश्य सरकारी मिडियालाई जनताको अपेक्षा र सरकारको कामसँग जोड्ने गरी विधेयक ल्याउन लागेको उनको भनाइ छ। उनले सरकारी सञ्चार माध्यम जनताप्रति उत्तरदायी हुनुपर्ने बताइन्।  

प्रकाशित: १५ माघ २०८० १०:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App