२१ असार २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सेना र कराँची प्रहरीबीचको भिडन्तमा १० सुरक्षाकर्मीको मृत्यु

पाकिस्तानको कराँची प्रहरी र पाकिस्तानी सेनाबीच भएको भिडन्तमा दश जना सुरक्षाकर्मीको मृत्यु भएको छ।  

कराँचीस्थित सिन्ध प्रहरी र पाकिस्तानी सेनाका जवानबीच भिडन्त भएको स्थानीय सुरक्षा अधिकारीहरुले बताएका छन्। सेनाका जवानहरुले सिन्धका प्रहरी अधिकृत मोहम्मद अफताब अन्बरलाई गिरफ्तार गर्नेक्रममा दुबै पक्षबीच भिडन्त भएको थियो।  

दोहोरो गोली हानाहानमा सेनाका पाँच जवानको मृत्यु भएको थियो।  

पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट ९पिडिएम० को अग्रसरमा देशव्यापी विरोध प्रदर्शन भइरहेका सन्दर्भमा उक्त घटना भएको हो। पिडिएमले प्रधानमन्त्री इमरान खानको सरकारको बहिर्गमनको माग गर्दै देशव्यापी प्रदर्शन गरिरहेको छ। कराँचीमा आयोजित जुलुमा हजारौंले भाग लिएका थिए।

जुलुसमा भाग लिएका पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएल–एन) का नेता सफदर अवानलाई प्रहरीले पक्राउ गरेको छ। पिएमएल–एनका प्रवक्ता मरयाम नवाज र सिन्धका पूर्व गभर्नर मुहम्मद जुबेरले सिन्धका प्रहरी प्रमुख मुस्ताक मेहरलाई सेनाले अपहरण गरेको आरोप लगाउनु भएको छ। 

प्रकाशित: ६ कार्तिक २०७७ ०७:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App