२० असार २०८१ बिहीबार
image/svg+xml
शिक्षा

विद्यालय व्यवस्थापन समिति गठनमा ढिलाइ भएकाे भन्दै तालाबन्दी

विद्यालय व्यवस्थापन समिति गठनमा ढिलाइ भएको भन्दै कालिकोटको पञ्चदेवल मा.वी विद्यालय मान्ममा तालाबन्दी गरिएको छ। 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश शाही (आकाश)को अवधि सकिएको लामो समय भई सक्दा समेत विद्यालयमा नयाँ व्यवस्थापन समिति गठ प्रक्रियामा ढिलाइ गरे पछि तालाबन्दी गरिएको हो।

स्थानीय तथा अभिभावकहरूले विद्यालय व्यवस्थापन समिति गठन प्रक्रियालाई छिटो टुङ्गाउनको लागि पटकपटक विद्यालयलाई परिपत्र गर्दा समेत विद्यालयले नयाँ व्यवस्थापन समिति गठन प्रक्रिया अगाडि नबढाएको भन्दै स्थानीय शिक्षा सुधार संर्घस समितिले तालाबन्दी गरेका छ।

लामो समयदेखि विद्यालयमा व्यवस्थापन समिति रिक्त ओहदा समेत विद्यालयले नयाँ गठन प्रक्रिया थालनी नगरेको स्थानीय प्रेम शाहीले बताए। उनले भने,  ‘विद्यालयको भलाइको लागि हामीले उठाउँदै आएको मागको कुनै पनि सम्बोधन नभएपछि आज विद्यालयमा तालाबन्दी गरिएको छ।’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा खाँडचक्र नगरपालिकाका नगर उप–प्रमुख गणेश बहादुर शाहीको अवधि सकिएको चार महिना बित्ती सक्दा समेत नयाँ गठन प्रक्रिया नभएको उनको भनाई छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हाल खाँडचक्र नगरपालिकाको नगर उप–प्रमुख समेत रहेकाले उनको कार्य अवधि पनि सकिएकाले अव विद्यालयको जिम्मेवारी नयाँ नेतृत्वलाई दिन, विद्यालयमा खानेपानी, शौचालय, खेलमैदानको समेत ग्यारेन्टी गर्न र शैक्षिक सुधारको लागि तालाबन्दी गरिएको स्थानीय युवा हिक्मतजंङ मल्लले बताए।

अहिले विद्यालयमा परीक्षा चलिरहेकाले परीक्षा बन्द हुने गरी विद्यालयमा तालाबन्दी गरिएको विषयमा  विद्यालय गम्भीर भएको विद्यालयका प्रधानाध्यापक चन्द्रप्रसाद कोइरालाले बताए। 

उनले भने ‘विद्यालयमा परीक्षा दिँदै गरेका विद्यार्थी अधिकार हनन गरेर विद्यालयमा तालाबन्दी गरेर अवरुद्ध गर्न नहुने हो, अब तत्काल विद्यालय व्यवस्थापन समितिको विषयमा बैठक बसी निर्णय गर्नुपर्ने हुन्छ।’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश शाहीले नियम विपरित विद्यालयमा तालाबन्दी गरेकोमा आफू गम्भीर बनेको बताए। आफ्नो अवधि सकिएको र नयाँ नेतृत्वको लागि केही पहल भइरहेको समयमा विद्यालयमा तालाबन्दी गर्ने विरुद्ध मुद्दा दर्ता गर्ने उनले बताए। 

प्रकाशित: १३ असार २०८१ १८:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App