![समयमा तलबभत्ता नपाउँदा स्वास्थ्यकर्मी आन्दोलित](https://images.nagariknewscdn.com/thumbs/authors/1720082341_health worker 1 (1)-600x400.jpg)
राजनीति
कोरोनाका त्रास माझ पनि किसानहरूले खेतीपाती छाडेका छैनन् । उनीहरूको मिहेनतले खेती सप्रेको छ । तर लकडाउनका कारण विक्री वितरण भने प्रभावित बनेको छ ।
सप्रेको खेती र बिग्रेको बजारका कारण किसान अन्यौलमा छन् । उत्पादन धेरै भए पनि भाउ एकदमै कम भएपछि केही सप्रेको बाली हेरेरै भए पनि खुसी देखिन्छन् । त केही बिग्रेको बजार देखेर खिन्न छन् ।
बारीबाट सप्रेका गाजर उखेलेका उनीहरुको मनमा गाजरले बनाएको डोब जस्तै गहिरो दुख रहेको छ । बाहिरबाट तरकारी आयात गर्ने सरकारले किसानले उत्पादन गरेका तरकारीको उचित व्यवस्थापन गर्न नसकेको उनीहरुको गुनासो छ ।
भक्तपुरको मनोहरा फाँट र काठमाडौंको मुलपानीस्थित गाजर बारीमा देखिएका केही दृश्यहरू ।