२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

जुम्लाका ८ वटै स्थानीय तहले ल्याए बजेट

जुम्लाका एक नगरपालिका र सात वटा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि नीति, बजेट तथा कार्यक्रम ल्याएका छन्।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा अन्तर–सरकार वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार गाउँ कार्यपालिका र नगर कार्यपालिकाले प्रत्येक वर्ष असार १० गतेभित्र आगामी आर्थिक वर्ष २०७६/७७ को राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँसभा/नगरसभामा पेस गर्नुपर्ने व्यवस्था छ।

स्थानीय तहले असार १० गते बजेट ल्याइसक्नुपर्ने अन्तिम समय सिमा पनि हो। कानुनत प्रदेशले असार १ र स्थानीय तहले असार १० भित्र बजेट ल्याइसक्नुपर्ने प्रावधान छ। जुम्लाका आठवटै स्थानीय तहले नीति तथा कार्यक्रम र बजेट ल्याएका हुन्।

चन्दननाथ नगरपालिकाले नीति तथा कार्यक्रम सहित ६७ करोड १० लाख ३४ हजार १ सय ९ रुपैयाँको बजेट ल्याएको छ। नगरपालिका उपप्रमुख रामदेवि खड्काले १३ औँ नगर सभामा आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट ल्याएको छ।

उपाध्यक्ष सुर्पुना शाहीले बजेट प्रस्तुत गरेकी थिइन्। यता तिला गाउँपालिकाले आर्थिक वर्षका लागि ४७ करोड ४० लाख ४३ हजार रुपैयाँ बजेट ल्याएको प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले बताए।

यस्तै,जुम्लाको तातोपानी गाउँपालिकाको आगामी आर्थिक वर्षका लागि ४९ करोड ४० लाख १ हजार ८ सय ७९ रुपैयाँको बजेट ल्याएको गाउँपालिका उपाध्यक्ष रेवति रावलले बताउँछिन्।  

सिंजा गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४१ करोड २१ लाख ५६ हजार रुपैयाँ बजेट ल्याएको वडा न.६ का अध्यक्ष लालबहादुर बुढाले बताए।

कनकासुन्दरी गाउँपालिकाको आगामी आर्थिक वर्षका लागि ५१ करोड २ लाख २५ हजार ६ सय ४६ रुपैयाँ बजेट ल्याएको प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र भण्डारीले बताए।

यता पातारासी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सहित ४४ करोड ४९ लाख ६० हजार रुपैयाँ बजेट ल्याएको गाउँपालिका अध्यक्ष पुर्णसिंह बोहोराले बताए।

यस्तै,गुठीचौर गाउँपालिकाको आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम ४१ करोड १० लाख ४९ हजार ल्याएको उपाध्यक्ष शान्तिकुमारी (मल्ल) भण्डारीले बताइन्।

प्रकाशित: ११ असार २०८१ ०९:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App