२० असार २०८१ बिहीबार
image/svg+xml
अर्थ

सुर्खेत–काठमाडौं जहाज भाडा बढ्यो

सुर्खेत–काठमाडौं चल्ने जहाजहरूले भाडा बढाएका छन्। जहाज कम्पनीहरूले न्यूनतम भाडा पाँच सय रुपैयाँ बढाएकाे बुद्ध एयर सुर्खेतका स्टेसन प्रमुख नरबहादुर बस्नेतले बताए।

उनका अनुसार सुर्खेतको भाडा न्यूनतम ६ हजार ५ सय तोकिएको थियो, तर जहाज कम्पन्नीले ५ सय रुपैयाँ बढाएर सात हजार पुर्‍याएको छ।

अहिले न्यूनतम भाडा दर सात हजार रहेको जनाइएको छ। यसअघि बुद्धले एकाधिकार भाडादर बनाएर महँगो लिएको थियो भने श्री एयर आएपछि भाडादर सस्तो बनेको थियो।

बस्नेतका अनुसार सुर्खेतमा दुईवटा बुद्ध र श्री एयरले बिहान र साँझ गरी चार फ्लाइट गर्दै आइरहेका छन्।

प्रकाशित: ८ असार २०८१ १३:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App