२० असार २०८१ बिहीबार
image/svg+xml
अर्थ

कर्णालीको बजेट ३१ अर्ब ४१ करोड (पूर्णपाठ)

कर्णाली प्रदेश सभामा बजेट सार्वजनिक गर्न जाँदै आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसी। तस्बिर: गोविन्द केसी/नागरिक

आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि कर्णाली प्रदेश सरकारले ३१ अर्ब ४१ करोड ४१ हजारको बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले बजेट कर्णाली प्रदेश सभाको बैठकमा प्रस्तुत गरेका हुन्।

कुल बजेटमध्ये चालु तर्फ ७ अर्ब ५७ करोड ५५ लाख ९२ हजार (२४.१२ प्रतिशत) रहेको छ। त्यस्तै पुँजीगततर्फ १८ अर्ब ७५ करोड ८ लाख ६८ हजार (६९.७ प्रतिशत) बजेट विनियोजन गरिएको छ।

वित्तीय व्यवस्थापनतर्फ २५ करोड र स्थानीय तह वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब ८३ करोड ३५ लाख ८१ हजार बजेट विनियोजन गरेको मन्त्री केसीले प्रदेश सभामा सार्वजनिक गरे।

आगामी आर्थिक वर्षका लागि राजश्व सङ्कलनको लक्ष्य ८३ करोड ४४ लाख ६५ हजार राखिएको छ। तर, कर्णालीमा लक्ष्यभन्दा कम वर्षेनी राजश्व संकलन हुने गरेको छ।

चालु आर्थिक वर्षको तुलनामा आगामी वर्षका लागि घटाएर बजेट ल्याइएको छ। यो आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारले ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार विनियोजन गरेको थियो। बजेटमा पुरानै योजनालाई प्राथमिकता दिएको छ।

हेर्नुहोस् पूर्णपाठ :

प्रकाशित: १ असार २०८१ १८:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App