२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सुदूरपश्चिम प्रदेशमा श्रमाधान रोजगार मेला सुरु

उद्योग मन्त्रीद्वारा उद्घाघाटन

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सात वटै प्रदेशमा संचालन गरिरहेको श्रमाधान रोजगार मेला सुदूरपश्चिम प्रदेशमा आइतबार सुरु भएको छ । 

मेलाको उद्घाघाटन गदै उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारीले उद्यमशिलता र रोजगारीको लागि अहिले अति आवश्यक रहेकाले मेलाले रोजगार दाता र रोजगारी खोज्ने बीच समन्वय कायम गर्ने विश्वास व्यक्त गरे । 

मेलाले स्वदेशमा रोजगारीको अवसर सिर्जना गरी आवश्यक जनशक्ति तयार गर्न कोशे ढुंगा सावित हुने उनको भनाइ छ । निजी क्षेत्र तथा सरकार मातहतका निकायहरुले एउटै थलोमा बसेर रोजगार सम्बन्धी सम्पुर्ण जानकारी लिन र दिन सक्ने मन्त्री भण्डारीले बताए । मन्त्री भण्डारी भने, 'सातै प्रदेशमा बिजनेस इकुमेशन सेन्टर संचालन गरी स्टार्ट अप व्यवसायलाई अघि बढाइने छ ।'

‘वैदेशिक रोजगारीबाट फर्केका, पिछडिएका वर्ग अपागता भएकालाई उद्यमशीलतामा सहभागी गराउने सरकारको लक्ष्य छ,’ मन्त्री भण्डारीले भने । मेलाले निरन्तरता पाउने र उद्योग मन्त्रालय पनि श्रम मन्त्रलयसंग समन्वयन गरी आगामी दिनमा अघि बढ्ने धारणा व्यक्त गरे । साथै आन्तरिक पूजी र उत्पादन बृद्धि गर्न सके रोजगारीका अवसर जुट्ने उनको सुझाव छ ।

उद्घाघाटन समारोहमा बोल्दै सुदुरपश्चिम प्रदेशकी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री टीका थापाले रोजगारीको अवसर जुटाउन मेलाले महत्वपुर्ण हुने धारणा राखिन् । यस्ता रोजगार मेला बर्सेनी आयोजन गर्न आवश्यक रहेको उनको भनाइ थियो । युवाहरु वैदेशिक रोजगारीमा जानेक्रम बढेको अवस्थामा जमिन जग्गाहरु बाझो रहेकाले सरकारले किसानको उचित व्यवस्थापन गरे यहा धेरै अवसर पाइएने मन्त्री थापाले बताईन् । 

रोजगारीको अवसर कसरी प्राप्त गर्न रोजगारीको खोजीमा रहेका युवाहरुलाई रोजगारबारे कसरी जानकारी लिने भन्न्ने उदेश्यका साथ श्रमाधान रोजगार मेला आयोजना गरिएको मन्त्रालयले जनाएको छ । 

मेलामा १२ वटा सरकारी र २७ नीजि क्षेत्रका गरी ३७ वटा स्टलहरु रहेका छन् । यस्तै मेलामा रोजगारी सिर्जनामा सरकार र निजी क्षेत्रको भुमिका,वर्तमान श्रम बजारमा सीप प्रमाणिकरण र पुर्व सिकाई मान्यताको भुमिका,अवको यात्रा योगदानमा आधारीत सामाजिक सुरक्षा, सुदुरपश्चिमका लागि नेपाली श्रम बजार किन यति सुदुर लगायत सात वटा सामुहिक छलफल तथा कार्यशाला पनि संचालन गरिदै छ । श्रमाधान मेला जेठ १७ देखि कोशी प्रदेशको विराटनगरबाट सुरु भई यही जेठ ३० गेत बाग्मती प्रदेशको ललितपुरमा समापन हुनेछ ।

प्रकाशित: २७ जेष्ठ २०८१ १४:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App