२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

कर्णालीको खाना ब्रान्ड बनाएमा आर्थिक समृद्धि हुन्छ

 सेफ मास्टर सन्तोष शाहले कर्णालीको अर्गानिक खाना ब्रान्ड गर्ने सम्भावना धेरै भएको बताएका छन्।खाना बनाउनमा  लामो समय जीवन विताएका सन्तोष शाह अहिले कर्णाली क्षेत्रमा छन् । 

कर्णालीको जुम्लामा पुगेर यहाँको शनिवारीय हाट बजारमा उत्पादन गरिएको अर्गानिक खाजा खानुका साथै जुम्लाबाट उत्पादन हुने खाद्यान्नवाली मार्सी चामल, चिनो, कागुनो, कोदो, फापरका परिकार, ओखर, तरकारी तथा विभिन्न अर्गानिक खाद्यान्नको बजारको सुरुवात गरिएको छ । 

यसैगरी यहाँका होटल व्यवसायी र पत्रकार सँगसमेत अन्तरक्रिया गरिएको छ ।अन्तरक्रियामा होटल व्यवसायी संघले कर्णालीको अर्गानिक खानालाई थप राम्रो बनाउन छलफल गरेको थियो । सेफ शाहले आफूले खानाको हिसावले कर्णाली निकै धनी भएकाले धनी क्षेत्रको खानाबाट संसारमा समृद्धि ल्याउन सकिने बताए।उनले  आफूले मधेसमा मिथिला थालीका रुपमा खाना ब्रान्डका रुपमा सुरुवात गरेको बताए । अव कर्णालीको निकै महत्वको खाद्यान्न जस्तो मार्सी चामल आज नेपालमा सबैभन्दा मूल्यवान्  छ । उनका अनुसार कर्णालीको आक्चेलाई राजधानीमा लैजाने व्यवस्था मात्रै गर्ने हो भने पनि धेरै आम्दानी हुने देखिन्छ । कर्णालीको रैथाने खानालाई रुचाउने छन्। सेफ शाहले आफू एउटा खाना पकाउने श्रमिक भएकाले मेरा लागि धन भनेको खानाका कच्चा पदार्थ हुन । एउटा कुकका लागि खानाका कच्चा पदार्थ सबै भन्दा बढी कर्णालीमा देखेकाले खुसी व्यक्त गरे।

रैथाने खाना प्रवर्धन सम्भावनाका लागि कर्णाली यात्रामा रहेका खेमराज लकाईले जुम्लाको रैथाने अन्न बजारीकरणमा आफूले सघाउने बताए।काठमाडौँ गेट कलेजका सञ्चालक लकाईले सन्तोष शाह जस्ता व्यक्तिले कर्णालीको खाना अवलोकन गर्ने अवसर महत्त्वपूर्ण भएको बताए । 

 उनले हामीले खानामा सफा र कर्णालीको अर्गानिक खाना, सफा बास मात्रै हुने हो भने पर्यटकबाट आम्दानी भई समृद्धि हुने देखिएको छ । सेफ शाह सहितको टिम जुम्लामा आएर यहाँका खाना व्यवस्थाको सुझाव र सिकाई हुने होटल व्यवसायीले बताएको धारणा छ । होटल व्यवसायी संघ जुम्लाका अध्यक्ष दिलबहादुर महत निकै लामो संघर्षका बिच फस्टाइरहेको होटल व्यवसायमा थप राम्रो गर्न आजको आवश्यकता रहेको बताउँछन् । 

उनले अव यहाँको अर्गानिक खाना व्यवस्थापनका लागि थप नयाँ नयाँ परिकारको सिप सिक्न आवश्यक भएको बताए । जुम्लाको रैथाने खाना मार्सी चामल, चिनो, कागुनो देखी विभिन्न परिकारहरू नेपाली बजारमा ब्राण्डनै बनेको छ । कर्णालीको खाना अवलोकन टिममा वरिष्ठ पत्रकार मनऋषि धिताल, कर्णालीमा अतिथि सत्कार शिक्षा दिई रहनु भएका युवा केशव कठायत समेत रहेका थिए। टोली सिंजा गाउँपालिका ( १ मा मार्सी धानको रोपाइँमा सहभागी भएको छ । सेफ सन्तोष शाह रैथाने वाली जोगाउने उद्देश्यले रोपाइँमा सहभागी भएका हुन । 

 

प्रकाशित: २७ जेष्ठ २०८१ १३:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App