२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

राज्यका नीति, नियम व्यवसाय फस्टाउने प्रकृतिका बनाउन आवश्यक: मन्त्री शर्मा

फाइल तस्बिर

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले व्यवसायलाई संरक्षण गर्नका लागि व्यापार र व्यवसायमैत्री नीति निर्माण गर्न जरुरी रहेको बताएकी छिन्।

शुक्रवार काठमाडौंमा आयोजित नेपाल मोबाइल व्यवसायी महासंघको दोस्रो महाधिवेशन तथा तेस्रो वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो बताएकी हुन ।

उनले राज्यका नीति, नियम, कानुनहरू व्यवसाय फस्टाउने प्रकृतिका बनाउन आवश्यक रहेको उल्लेख गरिन । उनले कर नीतिमा केही समस्या रहेकाले त्यसलाई सच्याउने काम भइरहेको बताइन । उनले मेट्रियल, रअ मेट्रियलको भन्सार धेरै महँगो हुँदा नेपालमा खोल्न सक्ने उद्योग व्यवसायीहरू निरुत्साहित रहेको बताइन । 

उनले नेपालमै एउटा मोबाइल फ्याक्ट्री खोल्न आफूले कुरा अघि बढाएको पनि बताइन । मन्त्री शर्माले बजेटमा नेपालमै पहिलो पटक नेपालको समृद्धिको निम्ति, बलियो अर्थतन्त्रको निर्माण गर्न आवश्यक रहेको बताइन । 

प्रकाशित: २५ जेष्ठ २०८१ १६:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App