२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

स्याउले ल्यायो टंकको अनुहारमा खुसी

जुम्लाको तल्लो गुठीचौरस्थित टंकको स्याउ बगैंचा। तस्बिर : नागरिक।

टंकराज गिरी गुठीचौर गाउँपालिका ३ गज्र्याङकोटका वासिन्दा। यतिबेला उनी दंग छन्। बगैंचामा विकसित फुजी जातका १५ हजार बोटमा स्याउ फलिरहेको देखेपछि उनी दंग परेका हुन्।

जडीबुटी व्यवसाय गर्दै आएका गिरी २०५२ सालदेखि व्यावसायिक रुपमा स्याउ खेतीमा होमिएका हुन्। उनी भन्छन्, ‘बगैंचामा फल्ने मात्रै १५ हजार बिरुवा छन्। अघिल्लो वर्ष ४ क्विन्टल स्याउ उत्पादन भएको थियोे। यो वर्ष ६५ लाख रुपैयाँ बढीको स्याउ बिक्री गरें।’

स्याउ काठमाडौंमा बिक्री भइरहेको उनले बताए। गिरी भन्छन्, ‘थोरै मात्रामा स्याउ जुम्लामा बिक्री भयो ,बाँकी सबै काठमाडौंमा बिक्री गरियो। बगैंचामा प्रति केजी २ सय रुपैयाँमा बिक्री भएको स्याउ काठमाडौंमा ३ सय ५० रुपैयाँमा बिक्री गरें।’

काठमाडौंमा जात र गुणस्तरका आधारमा मूल्य पाइने गिरीले बताए। स्याउ लगाएको १८ महिनापछि मुनाफा लिन सक्दा उनी निकै खुसी देखिएका थिए। गत वर्ष उनको बगैंचामा ३ सय ६० क्विन्टल झन्डै ३६ टन स्याउ उत्पादन भएको थियोे। गाला जातको स्याउले बजारमा राम्रो मूल्य पाएको उनले सुनाए।

गिरीले सात करोड रुपैयाँ लगानीमा स्याउ खेती सुरु गरेका थिए। अहिले उनको लगानी १० करोड नाघिसकेको छ।  गिरीले भने, ‘अहिले २२ हेक्टरमा खेती गरेको छु। खाली जमिनमा स्याउ उत्पादन गरी बेरोजगार युवाहरूलाई रोजगारी दिन र आफ्नै देशमा केही गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्न व्यावसायिक खेतीमा लागेको हुँ।’

गिरीको बगैंचामा १६ जना कर्मचारी छन्। उनीहरूले न्यूनतम मासिक १५ हजारदेखि २५ हजार रुपैयाँसम्म तलब पाउँछन्। प्रतिदिन २० देखि ३० दिनसम्मले नियमित ज्वालादारीमा काम गर्छन्। गिरीले स्याउ टिप्ने समयमा पाँच हजार मानिसले काम पाउने बताए।

तल्लो गुठीचौरमा ‘हिमाली टिएनएन एग्रो फार्म प्रालि’ फर्म दर्ता गरेर उनले व्यावसायिक रुपमा स्याउ खेती गरिरहेका छन्।

प्रकाशित: २३ जेष्ठ २०८१ १०:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App