२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सनराइज बैंकद्वारा विद्यार्थीलाई छात्रवृत्ति

सनराइज बैंकले नेपाल प्रहरी विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिन बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ६९ लाख ८० हजार ६ सय ३४ रूपैयाँ सहयोग गरेको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल र नेपाली जनताको लागि तत्पर भएर लाग्ने नेपाल प्रहरीका विभिन्न ८ वटा विद्यालयमा अध्ययन गर्ने बहालवाला, अवकाशप्राप्त, अमर शहीद एवम् अशक्त प्रहरीका जेहेन्दार सन्ततिहरूलाई उत्प्रेरणा गर्ने उद्देश्यले १५ जना विद्यार्थीलाई कक्षा ४ देखि १२ सम्म अध्ययन गर्न सहयोग स्वरूप छात्रवृत्ति प्रदान गरेको हो।

सनराइज बैंक–नेपाल प्रहरी शैक्षिक छात्रवृत्ति सम्बन्धी समझदारी पत्र हस्ताक्षर र हस्तान्तरण कार्यक्रममा बैंकबाट नायब महाप्रबन्धक रविनकुमार नेपाल र नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक केदार ढकालले छात्रवृत्ति सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।

यस छात्रवृत्ति कार्यक्रमले नेपाल प्रहरीका विभिन्न स्कुलमा अध्ययन गरिरहेका नेपाल प्रहरीका जेहेन्दार छोराछोरीलाई अझ अघि बढ्नका लागि थप प्रेरणा मिल्ने बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले बताएका छन्। 

प्रकाशित: २६ चैत्र २०७९ ०१:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App