२० असार २०८१ बिहीबार
image/svg+xml
प्रवास

नेपालको राजनीतिक अस्थिरताले युवाहरु विदेशिन बाध्य छन् : ध्रुवप्रसाद काप्री (भिडियोसहित)

धादिङका ध्रुवप्रसाद काप्री लामो समयदेखि अमेरिकामा बस्दै आएका छन् । वैदेशिक रोजगारीका लागि अमेरिका पुगेका उनी भोलिका दिनमा नेपालमै रहने र लगानी गर्ने सोचमा छन् । विदेश बसाईको उनको भोगाइ र अनुभव आजको प्रवासीको पत्रमा ।  

नमस्कार,  

म ध्रुवप्रसाद काप्री । मेरो जन्मस्थान धादिङ । रोजगारीको सिलसिलामा म अमेरिकामा रहेको छु । सम्पूर्ण नेपालीलाई म के आग्रह गर्न चाहान्छु भने आर्थिक अवस्था न्यून भएका कारणले नेपालीहरु विदेशिन बाध्य भएको अवस्था छ । 

भोलिका दिनमा विदेशमा केही श्रम गरेर नेपालमा लगानी गरेर स्वदेशमै बस्नु पर्छ भन्ने बुझाई रहेको अवगत गराउन चाहान्छु । विदेशमा गरेको श्रम, सिप र आर्थिक संकलन सम्पूर्ण चिज र सबैको इच्छा नेपालमा रहने, नेपालमा लगानी गर्ने, नेपालमा जीवनस्तर उकास्ने र आफू पनि माथि उठ्ने भन्ने कुरा सम्पूर्णलाई अवगत नै छ । 

सम्पूर्ण विदेशमा रहेका नेपालीहरु नेपालमै बस्न चाहान्छन् । तर बिडम्बना के छ भने नेपालमा राजनीतिक अस्थिरताले गर्दा युवा जनशक्ति विदेशिन बाध्य भएको अवस्थाले फर्कन पनि कोही नखोज्नु र मनस्थिति पनि बद्लिन सुरु भएको अवस्था देखिन्छ । यो भने राज्य गम्भीर भएर लाग्नु पर्ने र सोच्नु पर्ने विषय हो ।

 राज्यका निकायले पनि युवाहरु पलायन के कारणले हुँदैछन् ? किन हुँदैछ ? यसलाई रोक्ने उपाय के के हुन सक्छन् ? भन्ने विषयमा चै राज्यले गहनरूपमा सोच्नु पर्ने विषय छ । यो राज्यको निकायमा नपुगेका कुराहरु, आमजनमानसमा नपुगेका कुुराहरु राज्यले पुर्याउन जरुरी छ । एउटा कार्यक्रममार्फत् हुन्छ कि ? विज्ञापनमार्फत् हुन्छ कि ? पत्रपत्रिका टेलिभिजनमार्फत् हुन्छ कि ? आम युवासामु पुर्याउन जरुरी छ । 

विदेशमा भएका नेपालीहरुलाई स्वदेशमै फिर्ता गर्नुपर्छ, लगानी गर्नदेखि लिएर सम्पूर्ण कुराका लागि बोलाउनु पर्छ भन्ने विषयमा वातावरण राज्यले तयार गरोस् । यो प्रकारको वातावरण राज्यले तयार गर्यो भने सबै नेपालीहरु आउन बाध्य छन् । आउनु हुन्छ र आउने इच्छा पनि छ । 

त्यसैले सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई विदेशबाट नेपालमा लगानी गर्न, सिप ज्ञान आफ्नो नेपालमै प्रयोग गर्न हार्दिक अनुरोध गर्दछु ।  

नमस्कार ।    

प्रकाशित: १२ असार २०८१ १८:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App