२० असार २०८१ बिहीबार
image/svg+xml
प्रवास

भाषाको पूर्ण जानकारी लिएरमात्र जापान आउनुहोलाः राजन बाँस्कोटा

नेपालको पूर्वी पहाडी जिल्ला पाँचथरको फिदिमका हुन् राजन बाँस्कोटा । उनी पछिल्लो २६ महिनादेखि जापानको हिरोसिमामा बस्दै आएका छन् । यो बसाईमा उनले भोगेका अनुभव यस्तो छ...

 

नमस्कार !

मेरो नाम राजन बाँस्कोटा हो । नेपालमा मेरो घर पाँचथरको फिदिम नगरपालिका हो । अहिले भने म जापानमा बसेर पढ्दैछु । आज म जापान बस्दाका केही अनुभवहरु साट्न गइरहेको छु ।

२५-२६ महिना भयो म जापान आएको । जापानको हिरोसिमा भन्ने ठाउँमा आएको थिएँ, विद्यार्थी भिसामा । अहिले पनि विद्यार्थी भिसामा नै छु । जापान आउदा सुरुमा एकदमै धेरै भाषाको समस्या भएको थियो । सबैलाई प्रायः भाषाको समस्या हुन्छ, सुरुसुरुमा । हामी पहिलो पटक विदेश आउनेहरुलाई सुरुसुरुमा त्यो समस्या हुन्छ । नेपालमा नै बसिरहेको र अन्य देश नगएकाहरुलाई, त्यसमा पनि जापान आउनेहरुलाई । जाप्निज भाषा धेरै अप्ठेरो पनि । त्यसमा पनि यहाँ अंग्रेजी भाषा पनि नचल्ने भएपछि यहाँ भाषाको धेरै नै समस्या हुने रैछ ।  

रहरै रहरमा अरु विदेश गए भनेर विदेशी माहोल हेर्न विदेशिएको म । नेपालमा त्यस्तो धेरै भाषा पनि पढिँन । यहाँ आउँदा अलि धेरै गाह्रो भएको थियो । तर जापान आइसकेपछि भने केही अकल्पनीय अनुभवहरु संगाले । जस्तो नेपालमा नियमकानुन केही नहुने । यहाँ भने नियमकानुनहरु एकदमै धेरै हुने । यहाँको नियमकानुनमा भिज्न भने एकदमै धेरै समय लाग्ने रैछ ।  

नेपालमा समयको मतलब नगर्ने गर्छौं । यहाँ भने समयको महत्त्व धेरै नै रैछ । बिहान कलेज जाने, काम गर्ने, दिनचर्या नै यस्तै बनेको छ । यो एकदमै गाह्रो हुने रैछ । आफैं काम गरेर स्कुललाई फी पनि तिर्नु पर्यो । आफू पनि बाच्नु पर्यो । घर पनि हेर्नु पर्यो । त्यसो भएकाले सुरुसुरुमा अलि बढी अप्ठेरो चै हुन्छ जापानमा ।  

जापान भनेको बस्नका लागि एकदमै सहज देश लाग्यो मलाइ । श्रमको उचित मूल्य छ जापानमा । अलि बढी आश लिएर आउनेहरुलाई भने जापानमा गाह्रो छ । तर बसेर, मेहनत गरेर, पढेर, केही गर्छु भन्नेलाई भने जीवनशैली राम्रो छ । सुरुमै मनिमाइन्डेड भएर आउनु भयो भने चै जापानमा गाह्रो छ । यो भने अलि सकिदैन । जापान विस्तारै पढेर, यहाँका केही कामको अनुभव लिएर बस्छु भन्नेलाई भने राम्रो छ ।  

विशेष गरेर नेपालबाट आउने साथीहरुलाई भने भाषाको भने एकदमै राम्रो ज्ञान लिएर आउनु होला । जापान आउँदा भने केका लागि आउने ? किन आउँने ? भन्ने कुरा चै एकदमै महत्त्वपूर्ण हुन्छ । जापानको जीवनयापन अलिबढी नै गाह्रो छ सुरुमा । त्यसमा पनि विद्यार्थीहरुलाई भने बढी नै गाह्रो हुन्छ । त्यसैले मेरो सल्लाह जापान आउने साथीहरुलाई भाषा चै राम्रो बनाएर आउनुहोला भन्न चाहान्छु ।  

नमस्कार ।  

प्रकाशित: ७ असार २०८१ १८:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App