२० असार २०८१ बिहीबार
image/svg+xml
tara rai anamol
तारा राई ‘अनमोल’


तारा राई ‘अनमोल’का लेखहरु :

फुटेको चियाकप-२

तीन वर्षपछि ‘क्याप साब’सँग भेट भएको थियोे। म भाइ भेट्न राष्ट्रिय सेवा दलको मुख्यालय पुगेकी थिएँ। अमन उस्तै रहेछ।

सम्बन्ध

हातमा केही कागजपत्र छन्। क्रमशः जिल्ला अदालतमा सेवाग्राहीहरूको भिड बढ्दै छ। जति भिड बढ्दै जान्छ, उति नै म एक्लिँदै जान्छु।

त्यो रातो टीका

म उनको कार्यक्रमको सुरक्षार्थ खटिएको छु। मेरै मातहतको टोलीले सबै जिम्मेवारी सम्हालेको छ। अहिलेसम्म उनको पार्टीको कार्यक्रम भव्य र सभ्य तरिकाले चलिरहेको छ।

उनले लिएको उधारो माछा

छोरीको वचनले हिउँजस्तै चिसो भयो विजय। समय अनि परिस्थितिसँगै मान्छेको बानीव्यवहार र सम्बन्ध बदलिँदै जानेरहेछ। यस्तैमा रमा घरभित्र पसिन्। बिजुली बत्ती बालिन्।

फुटेको चिया कप

म आज धेरैपछि इलाम अनि यही कोठामा आइपुगेकी छु। कोठामा पसेपछि सबैभन्दा बढी अमनको सम्झनाले बेसरी रुवाउँछ। अमनले टेकेको कोठा, ऊ बस्ने कुर्सी सबैसँग बेहद माया छ। उसकै रोजाइका झ्यालका पर्दा हावाले हल्लाएर मलाई छुँदा पनि अमनले नै छोएर गएको जस्तो लाग्छ ।

पखालिएको चिता

‘पापिनी, तैंले मलाई सधैंभरिलाई छोडेर हिँडिस्। पहिला निकम्मा गरिब भनेर छोडिस्। सँगसँगै नभए पनि एउटै आकाश ओढेर बाँचेका छौं भन्ने सम्झेर मन बुझाउँथें। अब त त्यो पनि रहेन। अरू जे भए पनि घाँटीमा पासो लगाउँदै गर्दा पनि मलाई सम्झिनस् है?

बन्दी सिपाही

उनको कथा सुन्दा लाग्थ्यो–गणतन्त्र आएपछि गाउँका आमा, दिदी, भाउजूहरूले जँड्याहा लोग्नेको कुटाइ खाएर रुनुपर्दैन, मेरा बाले दसैं मान्न ऋण खोज्नु पर्दैन र मेरी आमाले फाटेको बर्को ओढ्नुपर्दैन। साहु आएर गोठमा बाँधेको गाई फुकाएर लैजाँदा मेरी आमा रोएजस्तो अब कुनै आमा रुनुपर्दैन।

जेलमा जन्मिएको सानो कमरेड

चिठीका हरफ सरसर्ती पढें अनि रोएँ। म रोएकाले होला, पेटको बच्चा चलमलायो। चिठीसँगै नयनको स्नेह अनि हृदय सबै पोको परेर आएको रहेछ। चिठी पेटमा राखेर बिस्तारै भनें, ‘तिम्रा बाबाको चिठी !’ बल्ल बच्चा अलि चलमलाउन छोड्यो।

बत्ती बाल्न बिर्सिएको त्यो साँझ

त्यो अनजान सहरमा ऊसँग सबैभन्दा सुरक्षित महसुस गरिरहेकी थिएँ। पहिलोपटक उसको अँगालो मलाई दुनियाँमा सबैभन्दा प्रिय लागेको थियो। सम्पूर्ण रूपमा उसका अगाडि समर्पित भएकी थिएँ। मलाई कसैको डर थिएन। म संसारको सबैभन्दा सुरक्षित स्थान र प्यारो मान्छेसँग थिएँ।

हारेकी नम्रता उर्फ कमरेड सिमाना

साँझ परेपछि माओवादीको डर, बिहानपख सेनाको डर। बिहान घरमाथिको डाँडामा सेना देख्दा हाम्रो ओठ–तालु सुक्थ्यो। हामी सर्वसाधारण दुवैतर्फबाट असुरक्षित थियौं। ठाउँ हुनेहरू त गाउँबाट भागेर हिँडिसकेका थिए। हाम्रो त भागेर जाने ठाउँ पनि थिएन।

अन्तिम रात

‘मायाले मात्रै दुनियाँ चल्दैन। हेर, म अर्काकी श्रीमती, दुई बच्चाकी आमा। उमेरमा पनि तिमीभन्दा ठुली छु। म दुई परिवारलाई तहसनहस पार्न चाहन्नँ। तिम्रो मप्रतिको प्रेम बुझेकी छु निरोज। हामी एकै रथका दुई पांग्रा कहिल्यै बन्न सक्दैनौं।’

जेलमा छुटेको अधुरो कहानी

मलाई यति धेरै माया गर्ने दिदीले कसरी आफूले जन्माएको बच्चाको घाँटी कचियाले रेटिहोलिन्? कसरी एउटी आमाले आफ्नो सन्तानको घाँटी रेट्न सक्छिन्? आफूले जन्माएको बच्चाको घाँटी रेट्दा हात काँपेन? बच्चा मार्नुपर्ने त्यस्तो के कारण थियो? सोध्न चाहन्थें यी प्रश्न तर सकिनँ।

कमरेडको आत्महत्या

‘मलाई यो कमरेड भन्ने शब्दसँग घृणा छ, बुझ्यौ? यही शब्दका लागि तिम्रो र मेरो हालत यस्तो भएको छ? मेरा अघि यो शब्द बोल्दै नबोल। तिम्रो वीरता र मुक्तिका कुराले पेट भरिँदैन। पेट भर्नलाई मैले थापा कान्छा बाजेको भारी नबोकी हुँदैन!’

बारुदको धुवाँमा रुमलिएको सपना

‘सानी! म भनेको सैनिक हुँ। मैले देश निर्माण र रक्षाका लागि सपथ खाएको छु। म स्वार्थी बन्नु हुँदैन। तिमी मलाई जागिर छोड भन्छ्यौ तर हामीजस्ता देशका रक्षकले पारिवारिक मोहमा अल्झेर कर्तव्यबाट विमुख बन्न मिल्छ र?

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्