सुदूरको पुल राजनीति
२०७४ सालको स्थानीय निर्वाचनपछि गाउँघरमा सिंहदरबारको नारा पनि सफल भएको देखिन्छ। नागरिकता, जन्म दर्तालगायतका कार्यबाट स्थानीयबासीलाई राहत पनि मिलेको छ।
२०७४ सालको स्थानीय निर्वाचनपछि गाउँघरमा सिंहदरबारको नारा पनि सफल भएको देखिन्छ। नागरिकता, जन्म दर्तालगायतका कार्यबाट स्थानीयबासीलाई राहत पनि मिलेको छ।
संसद्को रोस्टममा उभिएर प्रतिपक्षको तेजोबध गर्दै विश्वासको मत प्राप्त गर्नुलाई प्रचण्डको त्यो केवल दम्भ, अहंकारी प्रवृत्तिबाहेक बहादुरीपन मान्न सकिँदैन।
इतिहासले जन्माएका हालका दुई ठुला दलका अगाडि अन्य पार्टीको भूमिका केन्द्रमा जे देखा परे पनि गाउँमा गौण देखिन्छ।
पत्याउनै नसकिने विषय र जनताले पूर्णरूपमा विश्वास गरेर सरकारमा पठाएका जनप्रतिनिधि नै भ्रष्टाचारमा रमाउने भएपछि राजनीतिकर्मीलाई कसरी विश्वास गर्ने ? प्रत्येक दिन भ्रष्टाचार र अनियमितताका खबर सुन्दा शिक्षित वर्ग त रातो मुख लगाउँछौँ भने दूरदराजका नागरिकलाई कस्तो प्रभाव पर्दो होला।
इमानको राजनीति गरेर पटक–पटकको आन्दोलनबाट अग्निपरीक्षामा उत्तीर्ण भएका सबै राजनीतिक दल वर्तमानमा ढलको दुर्गन्ध जस्तै भए। जहाँ आध्यात्मिक चिन्तन र अध्ययन छैन, त्यहाँ नैतिकता रहन्न, जहाँ नैतिकता छैन, त्यहाँ अनैतिकताले जरा गाडिरहेको हुन्छ।
भ्रष्टाचारीहरूले समाजलाई पारेका दूरगामी असर र अन्धकारबाट समाजलाई उज्यालोतिर लैजान कांग्रेसले भ्रष्टाचारीहरूलाई अब संरक्षण नगरोस्, समाजका उज्याला व्यक्तिहरूलाई काम गर्ने मौका दिइयोस् भन्ने अर्थमा पनि दियो जलाएको हुनुपर्छ भन्ने कतिपयले तर्क गरे।
२००७ साल असोज १० गते नेपाली कांग्रेसले भारतको बैरगनियामा सम्मेलन गर्यो। सम्मेलन विशेषगरी जहानिया राणा शासन अन्त्यमा केन्द्रित थियो। तत्कालीन राजा त्रिभुवनले भारतमा रहेका प्रजातन्त्रवादी युवाहरूसँग सम्बन्ध कायम राख्न आफ्ना विश्वास पात्र खरिदार दयारामभक्त माथेमालाई पठाएका थिए।
नेपालको नक्साभित्र रहेका दार्चुलाका नाभी, कुति र गुञ्जी जाने सडक एकतर्फी विस्तार गर्ने क्रममा नेपाली पक्षले विरोध जनाउँदा भारतीय पक्षबाट ढुङ्गा लागेर दार्चुलाका एक युवाको दुःखद निधन भएकामा सोको विरोध सरकारी पक्षबाट गरिएको देखिएन।
पहाडी जिल्ला बाजुरामा पुगेर शर्माले त बिपीको समाजवाद लागु गर्न किसानहरूको जीवनस्तर उकास्नु र भोकमरी अन्त्य गर्नु नै आफ्नो पार्टीको धर्म रहेको विचार अघि सारे।
१६१६ सालमा गोरखाका राजा द्रव्य शाहले शासन गरेदेखि वर्तमान गणतान्त्रिक शासन व्यवस्थाका तृतीय राष्ट्रपति रामचन्द्र पौडेलसम्म आइपुग्दा नेपालमा राजनीतिक घटना/परिघटनाहरूले प्रशस्त ठाउँ पाए ।
संसद्मा अमर्यादित भाषा प्रयोग गर्ने, धर्म, जाति र वंशका नाममा राजनीति गर्न चाहनेहरूले एकपटक सहिदको रगतको मूल्य बुझ्नु जरुरी छ।
राज्यको मियो मानिएको राजनीतिले दिन÷प्रतिदिन नयाँ फड्को मारिरहेको देख्दा कतै देश दुर्घटनामा पर्ने त होइन ? शंका उब्जिरहेछ ।
बोली र व्यवहारले राजनीतिमा ठूलो असर पार्छ। समाजमा प्रतिष्ठा कायम राख्न राजनेता, नेता, कार्यकर्ताले सभ्य भाषा प्रयोग गर्नु जरुरी छ।
हाल संसद्मा चौथो पार्टीका रूपमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको बाछिटा आगामी चुनावमा सुदूरको भूमिमा पनि नपर्लान् भन्न सकिन्न। यहाँका जनताको माग दिन-प्रतिदिन बढेका बढ्यै छन्।
खेतमा हलो जोत्दै गरेको किसानको तस्बिर सिंहदरबारमा राख्नुपर्छ भन्ने उद्घोष नै बिपीको समाजवादको सरल व्याख्या मान्न सकिन्छ। यसैगरी प्रत्येक किसानसँग एक हल गोरु, एउटा दुहुनो गाई, पेटभरि खान पुग्ने अनाज उत्पादन हुने खेतबारी होस् भन्ने अवधारणाको नेपाल नै समाजवादी नेपाल हो।