२० असार २०८१ बिहीबार
image/svg+xml
कला

मीराः स्याडो अफ अ रेन्बो'को पहिलो प्रदर्शनी असार २५ गते हुँदै

नेपाली चलचित्र  मीराः स्याडो अफ अ रेन्बोको पहिलो सामाजिक प्रदर्शनी असार २५ गते हुँदैछ।पोखराको ट्रेड मलमा रहेको क्यूएफएक्स सिनेप्लेक्सु सिनेमा हलमा पहिलो प्रदर्शन हुने भएको छ।

सेन्सर बोर्डले पिजी प्रमाणपत्र प्रदान गरेको यस चलचित्रमा अटिजम भएकी छोरी र फरक यौन चाहना भएकी आमाको सङ्घर्षपूर्ण कथा रहेको छ भने आध्यात्मिक चिन्तन चलचित्रमा रहेको छ।

चलचित्रकी निर्देशक अनिता पण्डितका अनुसार  चलचित्रको सामाजिक प्रदर्शनी गर्नुको उद्देश्य बालबालिकामा हुने अटिजम अन्तर्मुखी स्वभाव सम्बन्धी सचेतना गर्नु हो।

नेपालका विभिन्न सहरहरू तथा नेपाल बाहिर पनि चलचित्रको सामाजिक प्रदर्शनी हुने बताइएको छ।आश्वि फिल्मसको ब्यानरमा निर्माण भएको  चलचित्रमा अनिता पण्डित, सुरविना कार्की, निशान चौहान, कैलाश रावल, रोशनी कार्की र बाल कलाकार आश्वि घिमिरेको प्रमुख अभिनय रहेको छ। 

प्रकाशित: १८ असार २०८१ १४:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App